ताजा समाचार

तलब माग गर्दा नसादलाई लहान ५ मा कुटपिट

  • माघ २९, २०७८
  • १८११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान २९ माघ । लहान ५ वडा कार्यालयमा काम गर्दै आएका नसाद शेखले आफ्ना तलब माग गर्दा उनलाई टाउँको फुटाएको छ । तलब माग गर्न वडा कार्यालय जाँदा त्यहाँ रहेका राजा मेस्तर, इसराईल मियाँलगायतले कुटपिट गरि बेहोश पारेको पीडित नसादले बताएका छन् । नसादले ‘मलाई पन्चिँगले हानेर टाउँको फुटाए ।’‘त्यसपछि लाती जुत्ताले कुटपिट गरे ।’‘त्यसपछि म बेहोश भए ।’‘केही छिनमा वडाध्यक्ष सुलेमान अंसारी आएपछि थप कुटपिट गर्न आदेश दिएका थिए ।’ ‘बजारको स्टल विवादमा पनि केही महिना उनीहरुले मेरो टाउँको फुटाएका थिए ।’‘त्यतिबेला १७ वटा टाँका लागेको थियो ।’‘ हामीले उनीहरुमाथी ज्यान मार्ने मुद्दा हालेका थिए ।’ ‘त्यही शिलशिलामा मुद्दा फिर्ता लिएपछि वडा कार्यालयमा जागिर दिएका थिए ।’‘ मुद्दा फिर्तापछि मेरो जागिर पनि चट भएको छ ।’‘ तलब पनि दिन मानेका छैन ।’ ‘म चार महिना काम गरेको छु ।’‘ १८ हजार प्रति महिनाको दरमा मैले तलब पाउँने भनिएको थियो ।’ ‘सोही तलबको पैसा लिन जाँदा मलाई कुटपिट गरी टाउँको फुटाएको छ ।’ ‘मलाई न्याय दिलाउँनुपर्छ ।’ भन्दै नसादले आज पत्रकार सम्मेलन आफ्ना कथन सार्वजनिक गरेको छ । लहान ५ को कार्यालयमा नसादलाई माघ २६ गते कुटपिट गरी टाउँको फुटाएको छ । उता, माघ २७ गते वडाध्यक्ष सुलेमान अँसारीले पत्रकार सम्मेलन गरी आफु निर्दोष हुन भनी जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤