Siraha Times
ताजा समाचार

लहानको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड तेस्रो वार्षिकोत्सव सम्पन्न

  • माघ २७, २०७८
  • १२२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान/माघ २७ गते। सिराहाको लहानमा अवस्थित महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज बिहीबार तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ। अर्थात लहान शाखाले आजबाट तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको छ। यस महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले नेपालमा ३ वर्षको उपलब्धिहरु:-

- कुल प्राप्ति प्रिमियम - ३०१ करोड ।

- कुल लगानी - ३० करोड।

- कुल अभिकर्ता इजाजत २२७१७।

- कुल शाखा / उपशाखा ६३।

- हालको बोनस दर रु. ४०-५२ सम्म रहेको बताइएको छ।

यो सँगै यस महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध सेवा तथा कार्यक्रमहरु:-

- युवासँग महालक्ष्मी लाईफ।

- प्रत्येक घरमा एउटा वीमा।

- सहायक कम्पनीको स्थापना ।

- लघु वीमालाई प्राथमिकता ।

- सुदृढ संस्थागत सुशासन

लगायतका कार्यक्रमहरु सञ्चालन गरिदै आएको लहान शाखाका प्रबन्धक प्रमेश्वर महतोले बताएका छन। कम समयमा बढी उपलब्धि भएको बताएका छन। करिब १५० जनाको सहभागितामा लहानको जे एस मुरारका बहुमुखी क्याम्पसमा महालक्ष्मीले अभिमुखीकरण तालिम दिइएको थियोे । र प्रमाणपत्र समेत वितरण गरिएको थियोे । जुन प्रमाणपत्र अगामीदिनमा उपयोगी हुने प्रबन्धक महतोको ठहर छ। वीमा कसरी गराउने , कसलाई गराउने , अभिकर्ता कसरी गर्ने , किन गर्ने , शाखा प्रवन्धक प्रमेश्वर महतोद्वारा उपस्थित सबैलाई प्रशिक्षण समेत दिइएको कार्यक्रममा एक सहभागी टुनटुन साहले बताए ।

Open photo

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१