Siraha Times
ताजा समाचार

मधेश प्रदेशकै एकमात्र न्यूरो हस्पिटल सञ्चालनको अन्तिम तयारीमा

  • माघ २७, २०७८
  • १००७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुर । जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । मधेश प्रदेशकै एकमात्र न्यूरो हस्पिटलका रुपमा फागुन तेश्रो साताबाट हस्पिटल सञ्चालनमा आउन लागेको हो । न्यूरो हस्पिटलका सञ्चालक डा. विजय राउतका अनुसार हस्टिपलमा न्यूरो सेवासँगै अन्य विशेषज्ञ सेवाहरु समेत रहनेछन् । आइसियू, सिटी स्क्यान, इको जस्ता अत्याधुनिक उपकरण सहित खुल्न लागेको हस्पिटलमा न्यूरोसँगै, कार्डियो, गाइनो, लगायत जनरल सेवाहरुमा विशेषज्ञ डाक्टरहरु रहनेछन् । ‘मधेश प्रदेश खासगरी जनकपुरमा सुविधासम्पन्न न्यूरो अस्पताल र विशेषज्ञहरु नहुँदा यहाँका विरामीहरु विराटनगर, काठमाडौं तथा भारतीय अस्पताल समेत जानुपर्ने बाध्यतालाई हल गर्न हामीले न्यूरो हस्पिटल सञ्चालनमा ल्याउन लागेका हौं ।’ हस्पिटलका सञ्चालक डा. विजय राउतले भने । जनकपुर न्यूरो हस्पिटलमा न्यूरोसँगै अन्य विशेषज्ञ सेवाहरु समेत रहनेछन् । डा. राउतका अनुसार हस्पिटललाई टाउकाको ट्रमा सेन्टरका रुपमा विकास गर्न खोजिएको छ । जहाँ टाउकोको चोटपटक, ब्रेन ट्युमर, सबै प्रकारका स्पाइनल समस्याको उपचार हुनेछ । यसका अलावा हस्पिटलमा अर्थोपेडिक्स, गाइनो, मुट सम्बन्धी, बालरोग तथा सामान्य शल्यक्रिया सेवा पनि प्रदान गर्नेछ । ‘हामीले अन्य विशेषज्ञ सेवाहरु पनि दिन्छौं तर, मुख्य फोकस न्यूरो सेवामा रहनेछ ।’ डा. राउतले भने । जनकपुर न्यूरो हस्पिटल २० करोड लगानीमा सञ्चालनमा आउन लागेको हो । यो अस्पताल सञ्चालनमा आएसँगै न्यूरोसँग सम्बन्धीत रोगको उपचारका लागि मधेश प्रदेशका जनता टाढाका अस्पतालहरुमा जानुपर्ने बाध्यता हट्ने छ । भने, सिमावर्ती भारतीय क्षेत्रका जनता समेत उपचारार्थ जनकपुर आउने भएकोले जनकपुरलाई स्वास्थ्य क्षेत्रको हवका रुपमा विकास गर्न समेत टेवा पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१