Siraha Times
ताजा समाचार

नेपाल परिवार दलद्वारा लहान १० गुदिगाउँमा बल्याङ्गकेट वितरण

  • माघ २६, २०७८
  • १०६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २७ माघ- चिसोबाट जोगिन सिरहाको लहान नगरपालिका वाडा नम्बर १० मा बल्याङ्गकेट वितरण गरीएको छ्।नेपाल परिवार दल र चु जी फाउन्डेसन को सहयोगमा अतिबिपन्न गरीब दलित अपाङ्ग एकल महिलाहरुलाई मायाको चिनो सम्झेर बल्याङ्गकेट बाडेका हुन्। वाडा नम्बर १० मा गरिब दलितहरुको मध्य नजर गर्दै न्यानो कपडा वितरण गरेको हो। नेपाल परिवार दलको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रिता महतोकी विशेष पहलमा ४० घर धुरीलाई बल्याङ्गकेट सहयोग गरेकि छिन्। जहिले पनि गरिबहरुको पिडा हेर्दा निकै दुखी हुने गर्छीन उनी सनै उमेर देखि समाजसेवा गर्न बढी मनपराउने गरेका छन्।उनले निरन्तर समाजसेवा गर्दै आएकी छिन्। ऊनी पछिल्लो समय पनि सिरहाको विभिन्न ठाँउमा राहत सहयोग गर्दै आएकी छिन्।समस्यामा परेकाहरुलाई समाजसेवी महतोले ब्यक्तीगत सहयोग पनि गर्दै आएकी छिन्। ताईवानको संस्था चु जी फाउन्डेसनले नेपालको अधिकांन्स जिल्लाहरुमा राहत र न्यानो माया वितरण गरेका हुन्। ताईवानकी गुरु आमाले नेपाली नागरिकहरुलाई आफनै संतान सम्झेर चिसो बाट कसैले कठराङ्गगृएर नमरोस भने उदेश्य बल्याङ्गकेट वितरण गरेको हो। उक्त कार्यक्रममा समाजसेबी ब्रहम देब महतो,बरिस्ठ संचारकर्मी राम भरोसी महतो, महेश सिंह, प्रदिप सिंह लगायतका सयौं ब्यक्तीहरुको सह भागीता रहेको छ्।

प्रतिक्रिया दिनुहोस

मधेशमा शिक्षा रूपान् ...

रौतहट, ०७ वैशाख । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ &ldquo ...

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१