Siraha Times
ताजा समाचार

दलितयुवतिलाई गैरदलित द्धारा बलात्कार

  • माघ २६, २०७८
  • २७४५ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷माघ २६ गते मधेश प्रदेशमा दलित समुदायमाथि भईरहेको अन्याय तथा ज्यादति दिनप्रतिदिन बढदै गईरहेको छ । दलित समुदायभएकै कारणले पशुजस्तो जिवन निर्वाह गर्न बाध्य रहेको छ । समाजमा हुनेखाने तथा आफु ठूला जातभनाउदाहरु दलित समुदायको केटीहरुलाई दिन प्रति दिन मानसिक तनाव तथा अभद्र व्यवहार धेरै भोगि रहेको छ । तर राज्यद्धारा गरिने विभेद पनि सिकार दलित समुदाय नै भोगिरहेको छ । दलित समुदायको को न त न्यायीक ठाउँमा पहुच हुन्छ न त पैसावाला हुन्छ । दलित समुदायलाई गरिने दुरव्यहार दिनदहाडै गरिने गर्छन । राज्यका हरेक निकायमा पहुँचवाला गैरदलितको हुनाले न्यायँको लागि मधेश प्रदेशमा दलितसमुदाय तडपिरहेको छ । मधेश प्रदेशमा दलित समुदायको महिलाहरुलाई बलात्कार तथा जघन्य अपराध र हत्या गरेपनि पैसा दिएर हुन्छ कि धाकधम्कीबाट गाउँमै मिलापत्र गराउने गर्दछ ।
सिरहा जिल्लो कल्याणपुर नगरपालिकामा दलित समुदायको केटीहरुलाई एक दर्जनभन्दावढीलाई बलात्कार गरेको घटनाहरु छन । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर 3 ईटारि प्रसाही गाउँमा सोहि वडाका रामचन्द्र मण्डलका छोरा २५ वर्षीय सरोज कुमार मण्डले माघ २५ गतेका राति दिपना महराको छोरी १७ वर्षकी ( संगिता महरा) नाम परिवर्तन लाई विवाहको प्रलोभन देखाई आफनै घरमा बोलाई घरमा बन्धक बनाई बलात्कार गरेको छ । पिडित दलित केटीलाई रातभर राखेर २६ गते (संगिता महरा) लाई विहान उसको बुवाको घरमा लगेर राखीदिएको छ । संगिताको आमाले भररात कहाँ गएको सोध्दा सरोज कुमार मण्डलको घरमा रहेको बताएपछि संगितको आमाले लगेर पुनः विहान नै केटाको घरमा पुरयाएको थियो । तर दलित समुदायको केटीको हाम्रो घरमा पानि नचल्ने भन्दै संगिता महरालाई घरबाट निकालिदिएको छ ।  दलित केटी घर न घाट रहने देखीएपछि ईलाका प्रहरी कार्यालय कल्याणपुरमा न्यायँको लागि पुगेको छ । संगिता महरा सँगै उसकी आमा आशा देवी महरा समेत छोरीलाई लिएर प्रहरी कार्यालय मा पुगेकी थिईन । ईलाका प्रहरीकार्यालय कल्याणपुरका ईन्चार्ज उपेन्द्र साह का अनुसार केटा सरोज कुमार मण्डल विहानै फरार रहेकोले खोजतलास जारिरहेको जानकारि गराउनुभयो ।
पिडितका बुवा खाडीमूलूक कतार देशमा मजदुरि गर्न गएको छ । पिडितका आमाले छोरीको न्याँयका लागि ईलाका प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्धा दायर गरेको बताईन । आशा देवी महराले छोरीको जिवन बर्वाद गरिदिएको भन्दै रुदै जसरीपनि न्यायँ दिलाईदिन प्रहरीसँग हार गुहार गरेको समेत बताईन । गाउँमा आफुलाई गत स्थानिय चुनावका एमालेबाट वडा अध्यक्षका उम्मेदबार रामदुलार मण्डलले आफुलाई धाकधम्की दिदै गाउँमै मिल नत्र खैरियत रहदैन भन्दै दलित हो तिमिहरु केही गर्न सक्दैनौ भन्दै आफुलाई धम्की समेत दिएको बताईन । वडा अध्यक्षको प्रत्यासि उम्मेदबार रामदुलार मण्डलको आफनै भतिजो पर्छ । सिरहा जिल्लाका दलित अधिकारकमीै संजय महराले दलित समुदायमाथि भईरहको जघन्य अपराधहरुलाई राज्यद्धारा कानुनको कठघारामा ल्याई कार्वाही गर्नका लागि माग गरेको छ । अधिकारकर्मी संजय महराले दलित समुदायले अहिले सम्म कानुन दलित समुदायको लागि पनि हो भनि महसुस नभएको बताउनुभयो  । धेरै दलित समुदायहरुपनि अन्यायमा परेपनि न्यायँ नपाएको भन्दै बलात्कार को घटनामा न्यायँनपाए राज्यको विरुद्धमा आन्दोलन गर्न समेत पछि नहटे समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

एलएमसी कलेजको शतप्रत ...

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१