Siraha Times
ताजा समाचार

सिरहाको पिपरामा ढङ्गरणीमेला महोत्सवको तयारी अन्तिम चरणमा

  • माघ २६, २०७८
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार/लहान/२६माघ। सिरहाको दक्षिणी सिमावर्ती लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ पिप्रा प्र.धमा विगत केही साल देखी माँ ढङ्गरणी मेला महोत्सव आयोजना गरिदै आइरहेको छ। उक्त मेला/ महोत्सवको तयारी अन्तिम चरणमा देखिएको छ। पिप्रा प्र.ध.मा माघ २८ गते माँ ढङ्गरणी मेला महोत्सव,गाउँमा छुट्टै उमङ्ग देखिएको छ। जस अन्तर्गत यस वर्ष पनि माघ २८ गतेका दिन गाउँमै मेला लागेपछि गाउँका जेष्ठ नागरिक , राजनितिकर्मी , बुद्धिजीवी समाजसेवी , युवा , दाजु , दिदिबहिनीहरुमा खुशीको उमंङ्ग साथै छुट्टै हर्सोल्लास देखिएको छ। नाग रुपी सर्प आएको दिन देखी उक्त मेला आयोजना गरिदै आइरहेका छन। ठिक १ महिना पुग्दा नाग देवता बिलाएर गयो गाउँलेहरु भन्छन।

माँ ढङ्गरणी मन्दिरमा धार्मिक आस्था एवंम विश्वास रहेको सर्वविदितै छ। अहिले माँ ढङ्गरणी मन्दिरको पुजारीमा घनश्याम सरदार , श्री लाल साफी रहेका बताएका छन। मेला कार्यक्रम २०७८ माघ २६ गते शुभ-कलश यात्रा , अष्टयाम , माघ २८ गतेमा बलिप्रदान मेला लाग्ने एक स्थानीय दिनेश सरदारले बताएका छन्। धर्म साँस्कृतिक , प्रम्परा, देवी देवतासँग जोडिएका मुल्यमान्यता जोगाई राख्नु हामी सबैको , दायित्व हो । माँ ढङ्गणी मन्दिरको शान्ति अदभूत देखिन्छ । आशा , मनोकान्छा पूरा नहुनेमा कोईपनि छैन । मेलामा सांस्कृतिक प्रदर्शन , सांस्कृतिक कार्यक्रम , लगायत विविध कार्यक्रमहरु रहनेछ । श्री श्री १०८ श्री ढङ्गरणी मेला महोत्सवमा पाल्नुहुने सर्धालु तथा भक्तजनहरुलाई लक्ष्मीपुर-पतारी गाउँपालिका १ (पिप्रा प्रध) मेला समिति तथा ग्रामीणवासी हार्दिक स्वागत गर्दछ। जय माँ ढङ्गरणी । जय माता दी । जयहो ५६ करोड देवी देवता। जय बाबा बिल्टु सरदार । जय पिप्रा प्रध ग्रामीणवासी।

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१