Siraha Times
ताजा समाचार

शिव मन्दिर जीर्ण अवस्थामा (तस्बिर सहित )

  • माघ २४, २०७८
  • ११२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको कपिलवस्तुको कुदान क्षेत्र भित्र रहेको शिव मन्दिर जीर्ण अवस्थामा रहेको छ । कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु मा आउँदा आफ्नो मातापिता तथा परिवारसँग भेट गरेको स्थान हो । मन्दिरलाई हेर्दा संरचना धेरै पुरानो रहेको थाहा हुन्छ । दिनप्रतिदिन मन्दिर जीर्ण बन्दै गएको छ तर यसलाई पुन निर्माण र संरक्षण मा कसै को ध्यान पुगेको छैन । हिन्दु युवा शक्ति कपिलवस्तु को टिम अनुगमन मा गएको बेला मा कुदान क्षेत्र भित्र रहेको शिव मन्दिरको अवस्था जीर्ण रहेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले बताए । शिव मन्दिर किन जीर्ण बन्दै गएको यश मा किन जनप्रतिनिधि र पदाधिकारी को ध्यान गएको छैन । पाण्डेयले भने कि कुनै पनि ठाउँमा महजिद , गुम्बा र चर्च यस्तो जीर्ण अवस्थामा छैन होला तर छ भने त्यहाँ मानिस छैनन् भने मात्र जीर्ण अवस्थामा होला तर जुन ठाउँमा हिन्दु धर्म मान्ने मानिस धेरै रहेको ठाउँमा शिव मन्दिर किन जीर्ण अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१