ताजा समाचार

श्रीमान गुमाएकी रेखा सदायलाई नेबि संघका नेता यादवको पहलमा राहत सहयोग

  • माघ १९, २०७८
  • ११४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १८ माघ - केहि हप्ता अगाडि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वाडा नम्बर २ पटना टोलमा घरायसी विवाद हुँदा बुवाले आफ्नै छोरालाई बन्चरो प्रहार गरेर हत्या गरेका थिए। उक्त शोकाकुल परिवारलाई नेपाल विद्यार्थी संघका युवा नेता तथा स्थानीय समाजसेवी पपु कुमार यादवको विशेष पहलमा राहत सहयोग गरेका छन्।११ गते मंगलवार बिहान ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नै ३० वर्षीय जेठो छोरा परमेश्वर सदायको हत्या गरेका थिए । स्वर्गीय सदायको एक श्रीमती र २ छोरा र ३ छोरी छिन घरको कामाउने बुवा गुमिसके पछी ऊनीहरुलाई हातमुख जोडन गाह्रो भएको छ।उक्त शोकाकुल परिवारलाई दु:ख हेर्न नकसिदा स्थानीय नेबि संघका युवा नेता पपु कुमार यादवको विशेष पहलमा हात मुख जोडन राहत सहयोग गरेका छन। समाजसेवीहरुको एक समुहले पीडित रेखा सदायकि लागि ३ थान कमल,१ बोरा चामल,३ हजार नगद रुपैया दिएर सहयोग गरेका छन्।नेपाल रेडक्रस लहान सखाको सभापति फुलेश्वोर महतो र कोषाध्यक्ष जय कृष्ण यादव,स्थानीय तथा नेपाली काङ्ग्रेसका वडा सभापति हरे राम यादव,नेपाल विद्यार्थी संघका युवा नेता पपु कुमार यादवको विशेष पहलमा राहत सहयोग भएको छ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤