Siraha Times
ताजा समाचार

सप्तरीको बलानबिहुल गाउँपालिकामा रामकबिर बाबा स्थान उदघाटन सम्पन्न

  • माघ १७, २०७८
  • १२४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हान/माघ १७ गते। सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर ४ बेल्हीमा श्री राम कबिर बाबा स्थान हिजो आइतबार समुदघाटन सम्पन्न गरेको छ। जग्गादाता स्वर्गीय हजारी साह सुडीको स्थानमा सो राम कबिर बाबा भन्ने स्थान स्थापना गरिएको छ। सन्त भोला साह सुडीको कथन अनुसार हाम्रा पूर्वजले कबिर आश्रमका लागि दान गरेको जग्गालाई आफु बिना शर्त यो आश्रमको लागि आज बिशेष धार्मिक कार्यक्रम राखी सबैलाई जानकारी हुने गरी विशेष अगुवाइ रहेको देखिएको हो । बलानबिहुल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हन्सु मिंयाको अध्यक्षतामा बसेको बैठकले देहाय अनुसारका विषयवस्तु उपर छलफल गरिएका छन :- जस्तै संस्था गठन , संस्थाको नामाकरण , पदाधिकारी चयन , जग्गा दर्ता लगायत विविध विषय उपर छलफल गरिएको छ। यो सँगै श्री राम कबिर बाबा स्थानका पदाधिकारीहरुमा सन्त श्री भोला साह सुडी अध्यक्ष , श्री भागवत साह कोषाध्यक्ष , शंकर साह सचिव लगायत सदस्य समिति गठन गरिएको छ।

यस कबिर बाबा स्थान हिन्दु धर्म संरक्षण गर्न , धर्मको प्रचारप्रसार गर्न , सामाजिक कार्यहरु गर्न गराउन एउटा शसक्त संस्था गठन गरिएको स्थानीयहरुले बताउछन । यस संस्सथाले समाज सुधार र रुपान्तरणमा एउटा ठुलो भूमिका प्रवाह गर्ने कुरा अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले बताएका छन। जग्गादाता स्वर्गीय हजारी साह सुडीको स्थानमा नव ( नयाँ ) स्थापित श्री राम कबिर बाबा भन्ने स्थानमा प्रत्येक वर्ष सालमा एकपल्ट साधुसन्तलाई भण्डारा गर्दै आएको हाल जग्गादाता भोला साह सुडीको ३० वर्षीय छोरा संन्तोष कुमार साहले बताए । करिब ५ कठ्ठा क्षेत्रफलमा रहेको राम कबिर बाबा स्थान अब आउने दिनमा सामाजिक कार्यमा रुपान्तरित हुने र यो सम्पूर्ण बेल्हीवासीको गर्वको कुरा हुने भोला साहको कथन छ। सो स्थानमा भोज भतेर , भण्डारा , सादीविवाह , विभिन्न कार्यक्रमका लागि सो श्री राम कबिर बाबा स्थान, स्थानीयका लागि हितकर र उपयुुक्त हुने संन्तोष कुमार साहले बताए ।

Open photo

प्रतिक्रिया दिनुहोस

आफन्त नेपालको ४१८३ ज ...

कपिलवस्तु, जेष्ठ २२ । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको ...

विश्व वातावरण दिवस–२ ...

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा ...

डिआईजीको नाममा धाक, ...

रंजित चौरसिया, वीरगंज २२ जेठ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१