Siraha Times
ताजा समाचार

सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ब्याक पे एटैक रिलिज

  • माघ १४, २०७८
  • १३११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,पर्सा १४ माघ । बिरगंज का चर्चित गायक सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ब्याक पे एटैक रिलिज भएको छ । द सदाम हुसैन प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो आज द सदाम हुसैन नामक यू ट्यूब च्यानलमा रिलिज गरिएको हो । । मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको ब्याक पे एटैक गितको शब्द र सङ्गीत बलराम मिश्रको रहेको छ भने स्वर चर्चित गायक सदाम हुसेनको रहेको छ । यस म्यूजिक भिडियोमा अभिनय भने टिक टकका चर्चित कलाकार बिटु दास, सोमिया पोखरेल र प्रभात यादवको रहेको छ । ब्याक पे एटैक म्यूजिक भिडियो माघ १४ गते शुक्रवार दिउँसो १२ बजे सार्वजनिक गरिएको हो । मुलूकमा कोबिड महामारीका कारण कुनै कार्यक्रम नगरी भिडियो रिलिज गर्नु परेको प्रोडक्सन हाउसले जानकारी दिएको छ । चर्चित गायक सदाम हुसेनले ब्याक पे एटैक म्यूजिक भिडियोलाइ धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल समेत गरेका छन । म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा एक लाख चार हजार फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भएपछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिनुभयो । त्यसतै ब्याक पे एटैक नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक स्टार सोमिया पोखरेलले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन । उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१