ताजा समाचार

सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ब्याक पे एटैक रिलिज

  • माघ १४, २०७८
  • १३६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,पर्सा १४ माघ । बिरगंज का चर्चित गायक सद्दाम हुसेनको भोजपुरी म्यूजिक भिडियो ब्याक पे एटैक रिलिज भएको छ । द सदाम हुसैन प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो आज द सदाम हुसैन नामक यू ट्यूब च्यानलमा रिलिज गरिएको हो । । मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको ब्याक पे एटैक गितको शब्द र सङ्गीत बलराम मिश्रको रहेको छ भने स्वर चर्चित गायक सदाम हुसेनको रहेको छ । यस म्यूजिक भिडियोमा अभिनय भने टिक टकका चर्चित कलाकार बिटु दास, सोमिया पोखरेल र प्रभात यादवको रहेको छ । ब्याक पे एटैक म्यूजिक भिडियो माघ १४ गते शुक्रवार दिउँसो १२ बजे सार्वजनिक गरिएको हो । मुलूकमा कोबिड महामारीका कारण कुनै कार्यक्रम नगरी भिडियो रिलिज गर्नु परेको प्रोडक्सन हाउसले जानकारी दिएको छ । चर्चित गायक सदाम हुसेनले ब्याक पे एटैक म्यूजिक भिडियोलाइ धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल समेत गरेका छन । म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा एक लाख चार हजार फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भएपछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिनुभयो । त्यसतै ब्याक पे एटैक नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टक स्टार सोमिया पोखरेलले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन । उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤