जनकपुरधाममा इण्डोक्राइन सहितको पोलिक्लिनिक आजदेखि संचालनमा

  • माघ १४, २०७८
  • ९५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १४ गते ।जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक इण्डोक्राइन सहितको स्वास्थ्य संस्था जनकपुर डाइबिटिज थाइराइड एण्ड डायग्नोष्टिक पोलिक्लिनिक आजदेखि  संचालनमा आएको छ । जनकपुरधाम स्थित जानकी मन्दिर मडवा पछाडि बिहीवारदेखि संचालनमा आएको सो पोलिक्लिनिकमा डाइबिटिज थाइराइज तथा हार्मोन रोग र गाइस्ट्रो सहितको पेट रोगको प्रमुख रुपमा आधुनिक उपकरणद्वारा उपचार व्यवस्था रहेको छ । डाइबिटिज थाइराईड तथा हार्मोन रोगको काठमाडौ स्थित नर्भिक इन्टरनेशन हस्पीटल र मेट्रो काठमाडौ हस्पीटलमा एक दशकभन्दा बढी समयदेखि कार्यरत डा. मधु पाण्डेयले उपचार गर्नेछ भने पेट तथा पेटको क्यान्सर सम्बन्धी रोगको उपचार डा. प्रकाश चौधरीले गर्ने बताइएको छ । यस बाहेक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रशिता शाह, बालरोग विषेशज्ञ डा. हेमन्तकुमार शर्मा, जेनरल फिजिसियन डा. संदीपकुमार कर्ण र हाडजोर्नीका डा. मनिष शाहले समेत सेवा दिइनेछ ।

उद्घाटनको अवसरमा सो पोलिक्लिनिकले माघ १३ गतेदेखि १५ गतेसम्म( तिन दिन ) विभिन्न रोगको ओपीडी निशुल्क र ल्याब (प्याथलोजी जाँच) मा बिरामीलाई ४० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । संचालक समेत रहेका डा. चौधरीले दिएको जानकारी अनुसार माघ १३ गते डा. मधु पाण्डेय र डा. प्रकाश चौधरीद्वारा फास्ंटिग र रैण्डम सुगरको निशुल्क चेकजाँच, १४ गते जेनरल फिजिसियन र बालरोगको ओपीडी र १५ गते स्त्री तथा प्रसुति रोग र हाडजोर्नीको ओपीडीमा निशुल्क चेकजाँच गरिनेछ । डाइबिटिज थाइराईड तथा हार्मोन, पेट तथा पेटरोगको क्यान्सर सहितको एकै छातामुनि उपचार हुने सो पोलिक्लिनिकको संचालक डा. चौधरीका बुवा किसुन चौधरी र प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीले संयुक्त रुपमा  उद्घाटन गरेका छन ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१