Siraha Times
ताजा समाचार

हुन्डी कारोबारमा तिब्रता

  • माघ १३, २०७८
  • ७२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,पर्सा, १३ माघ। बिगत केही महिनादेखी हुन्डी कारोबारमा सन्लग्न कारोबारीहरू आर्थिक नगरीमा सल्बलाउन थालेका छन । नेपालकै आर्थिक राजधानीको रूपमा रहेको बिरगंज क्षेत्रमा हुन्डी कारोबारमा सन्लग्न कारोबारीहरू सल्बलाउन थालेका हुन । हुन्डी कारोबारलाई संरक्षण गर्ने गिरोह सकृय हुनसाथ हुन्डी कारोबार तिब्र रूपले अगाडी बढन थालिएको छ । आफ्नो पेशालाइ मर्यादित बनाउनुको साट्टो आफ्नो पेशालाइ बदनाम गर्दै ठूलो रकमको चलखेल भए पश्चात् हुन्डी कारोबारीहरू सकृय भएको श्रोतको दाबी रहेको छ । श्रोतका अनुसार नेपाल र भारत बिच रोटि बेटिको सम्बन्ध रहेपनी केही अपराधी मनस्थिति बोकेका बिपाशुहरूका कारण हुन्डी कारोबार तिब्र रूपले अगाडी बढेको बताए ।

बिगत लामो समयदेखी हुन्डीमा सन्लग्न ब्यक्तिलाइ ढाकछोप गर्ने प्रयास समेत गरिएको थियो । तर प्रहरी कारवाहीले हुन्डी कारोबारमा सन्लग्न ब्यक्तिहरूको पहिचान हुन थालेपछी केही दिनको लागि मात्र कारोबार बन्द गरिएको, उनले बताए । तर ढाकछोप गर्ने निकायकै आदेश र इशारा पाए पश्चात् पुन: हुन्डी कारोबारीहरू सलबलाएको उनले दाबी गरे । यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले हुन्डी कारोबारमा सन्लग्न जोकोहिलाइ बाकी नराख्ने बताएका छन । उहाले हुन्डीमा संलग्न केही ब्यक्तीलाई पक्राउ गरि कारवाही अगाडी बढाइएको बताउनु भयो । हुन्डी कारोबारलाई ढाकछोप गर्ने तथा बढावा दिनेहरूलाइ तह लगाएरै छोडने प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१