Siraha Times
ताजा समाचार

आज भारतले ७३ औं गणतन्त्र दिवस मनाउँदै उत्तर प्रदेश जिला बलरामपुर

  • माघ १२, २०७८
  • १४९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र चौधरी बिजायनगर गेडुवजोत कपिलवस्तु २६ जनवरी २०२२ भारतले आज ७३ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरिएको छ । केन्द्रीय गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिने छ । पद्म विभूषण भारतको सर्वोच्च सम्मान भारत रत्न पछिको दोस्रो ठूलो नागरिक सम्मान हो । यसपटक पद्म विभूषण पाउनेहरुमा गत डिसेम्बर महिनामा हेलिकप्टर दुर्घटनामा निधन भएका सैनिक जनरल विपिन रावत, उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, गोरखपुरस्थित गीता प्रेसका पूर्वअध्यक्ष राधेश्याम खेमका र शास्त्रीय गायिक प्रभा यात्रे छन् । यीमध्ये प्रभा यात्रेबाहेक अन्य तीनजनालाई यो सम्मान परणोपरान्त प्रदान गर्न लागिएको हो । कोरोना खोप बनाउनेलाई पद्म भूषण पद्म भूषण पाउने १७ जनामा यसपटक कोरोना भाइरसविरुद्धको खोप बनाउने सीरम इन्सटीच्युटका साइरस पुनावाला र भारत बायोटेकका संस्थापक अध्यक्ष कृष्णा एल्ला र उनकी पत्नी सुचिता एल्ला लगायत छन् ।

यसैगरी कांग्रेस नेता गुलाम नबी आजाद, पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्य र पूर्वगृहसचिव राजीव महर्षि, टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरन, गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका अध्यक्ष सत्या नगेला र भारतीय मूलका मेक्सिकोका वैज्ञानिक सन्जय राजाराम (मरणोपरान्त) लाई पनि पद्म भूषण सम्मान दिइँदै छ । यसैगरी अभिनेता भिक्टर बनर्जी, पन्जाबकी लोक गायिका गुरमित बाबा, अभिनेत्री एवम् लेखिका मधु जाफरी, शास्त्रीय संगीतकार राशिद खानलाई पनि पद्म भूषणबाट सम्मान गरिने छ । पद्म श्री पाउने १०७ जनाको सूचीमा गायक सोनु निगम, समाजशास्त्री शैबाल गुप्ता, लेखिका नजमा अख्तर, अभिनेता एवम् निर्देशक चन्द्रप्रकाश द्विवेदी, लद्दाखका सांसद शेरिङ्ग नामग्याल, खेलाडीहरु निरज चोपडा, सुमित एन्टिल, प्रमोद भगत, बन्दना कटारिया, अवनि लेखारा लगायत छन् । वृटिश साम्राज्यबाट मुक्त भएर सार्वभौम अधिकारसम्पन्न भारत सरकारले सन् १९५० को जनवरी २६ तारिखमा संविधान जारी गरेको थियो । सोही दिनको सम्झनामा भारतले हरेक वर्ष जनवरी २६ तारिखमा गणतन्त्र दिवस मनाउने ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१