Siraha Times
ताजा समाचार

सिरहा, सप्तरीका हरवा चरवालाई सिपमुलक तालिम

  • माघ ६, २०७८
  • २३९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान ६, माघ । ट्रेडलिंक टेक्निकल ट्रेनिङ्ग इन्षिच्युट प्रा.लि. काठमाण्डौले सिरहा सप्तरीका २ सय १० जना बेरोजगार युवा युवतीहरुलाई सिपमुलक तालिम दिईरहेको छ । बिज परियोजना अन्तर्गत दुई जिल्लाका बिभिन्न छुट्टाछुट्टै स्थानमा उक्त तालिम दिई रहेको प्रा.लि.का प्रोजेक्ट कोर्डिनेटर नविन बस्यालले जानकारी दिनुभयो । तालिमा सहभागिहरुलाई सिपमा दक्ष बनाएर आर्थिक रुपमा सबल बनाउने उदेश्यले तालिम संचालन गरेको उनले बताए । अन्तराष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा संचालित उक्त परियोजनाद्धारा संचालित तालिममा सिरहा जिल्लाका १ सय ५ र सप्तरी जिल्लाका १ सय ५ जना विपन्न परिवार अन्तर्गत हरवा चरवा समुदायको ब्यक्तिहरुको सहभागिता रहेको अनुगमन तथा मुल्याङ्कन अफिसर माधव प्रसाद पौडेलले बताउनु भयो । सट्रिङ्ग कारपेन्टर , आल्मुनियम केब्रिकेटर , ई रिक्शा मर्मत , हाउस किपिङ्ग , मोटरसाईकल मर्मत , बिल्डिङ्ग ईलेक्ट्रिसियन , पलम्बीङ्ग , मेशन , टायल एण्ड मार्वल फिटिङ्ग, मोवाईल मर्मतको ५२ दिने तालिमहरु संचालन भैरहेको छ ।,'भने - बेमौसमी तरकारी खेती , बाख्रा पालन , पात तथा कागजबाट टपरी बनाउने २१ दिने तालिम संचालन भैरहेको प्रा.लि.का जीवन लाईफ एण्ड विजनेश स्किल ट्रेनर हिरा ओलीले बताउनु भयो । २०७८ मंसिर १२ गते देखि सुरु भएको तालिमको प्रत्येक बिषयगतको कक्षाहरुमा २ वटा दक्ष प्रशिक्षकहरु द्वारा तालिम संचालन भैरहेको समेत उहाँले जानकारी गराउनु भयो । सहभागीहरुलाई कार्यमा दक्ष बनाउन ओजेटीको समेत व्यवस्था गरेको छ । उक्त परियोजना मार्फत तालिम लिएका सहभागीहरुलाई रोजगारको लागि सम्बन्धित निकायमा पहल गर्नुको साथै सहाकारी लघुबित लगायतका बिषयगत कार्यालयहरुबाट ॠणको लागि समेत पहल गर्ने परियोजनाको लक्ष्य रहेको प्रा. लि. कि काउन्सलिङ्ग एण्ड जब प्लेसमेन्ट अफिसर सर्मिला पण्डितले बताईन् ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१