Siraha Times
ताजा समाचार

सुखीपुरको हनुमान एग्रोफुड प्रोडक्टसद्वारा बेरोजगारी समस्या सामाधानको प्रयास

  • माघ ३, २०७८
  • १४९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/लहान/माघ३गते। सिराहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित श्री हनुमान एग्रोफुड प्रोडक्टस प्रा.लि.ले स्थानीयस्तरमा आफ्नो सफलता पाइएको छ। सो श्री हनुमान एग्रोफुड प्रोडक्टसले ९५% युवा , व्यस्कलाई रोजगार दिएर; बेरोजगारी समस्या सामाधानको प्रयासमा जुटेको देखिएको अनुमान लगाउन सकिन्छ । सो आधुनिक राईस मिलले स्थानीयस्तरको दक्ष तथा अनुभवी जनशक्तिबाट राम्रो सफलता पाईको देखिन्छ। करिब ९५% स्थानीय जनशक्तिको सहभागितामा श्री हनुमान एग्रोफुड प्रोडक्टस संचालित रहेको मिल्सका साहु अशोक प्रसाद गुप्ता र बिजय प्रसाद गुप्ताले बताएका छन। मिलबाट उत्पादित विभिन्न प्रकारका तयार पारिएका जिरा मसोनो ( कतरनी )याराना चामल , याराना सोनम चामल , याराना सोना उसना , सोना आयुष , उसना कतरनी झमाझम लगायतका अनेकन परिकार तयार पारेर शहरको कुनाकुनामा पठाएको बताएका छन। उत्पादित चामलहरु काठमाडौं , बिराटनगर , इटहरी , सुनसरी , झुम्का , उदयपुर , दिक्तेद , ओखलढुंगा , नारायणघाट लगायत नेपालका ठुल्ठुला शहरहरुमा पुग्ने गरेका छन।

आधुनिक मेसिनबाट उत्पादित चामलहरुको विक्री माघ-फाल्गुनबाट तीव्र रहेको मिलका साहु बिजय प्रसाद गुप्ताले बताए । कोविड -१९ करोना भाइरस बढेको समयमा चामलको मांग घटेर जाने भएकोमा हाल मांग बढदै गएको अवस्था छ। व्यापारीमा निर्भर नई किसान स्वंयमले आफै मिल्ससम्म पुगेर धान बेच्दा स्थानीय हर्षित भएको देखिन्छ । स्थानीयस्तरको आधुनिक राईस मिल्सले किसानको सहजतामात्र नभई ९५% प्रतिशत स्थानीयको बेरोजगारी समस्या सामाधान गरेको छ। यो नेपाल र नेपालीका लागि शान र गौरवान्वित हुने विषय पनि हो। केही वर्षदेखि मिलमा काम गर्दै आएका एक स्थानीय विद्यानगरका विनोद यादव उहाँ आफ्नो घरपरिवार मात्र नभई आफ्नो सन्तानलाई राम्रो शिक्षा दीक्षामा निर्भरता रहेको छ। गाउँस्तरमा नै आधुनिक मिल भएकाले धान , चामल किन्न बेचबिखन गर्न किसानलाई सहज बन्दै गएको मिलका एक कर्मचारी ओम कृष्ण रजकको भनई छ। रजकका अनुसार मिलबाट चामल तयारी हुनेबित्तिकै शहरको कुनाकुनासम्म पुग्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

मधेशमा शिक्षा रूपान् ...

रौतहट, ०७ वैशाख । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ &ldquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१