Siraha Times
ताजा समाचार

डाक्नेश्वरी नगरपालिकाको बनौलामा सम्पन्न टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा शम्भुनाथ टिम बिजय

  • माघ १, २०७८
  • १५१८ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह: बोदे बर्साईन माघ ०१ । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १२ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको फाइनल खेल आज शनिबार सम्पन्न भएको छ। फाइनल खेलमा बजरगी क्रीकेट क्लब शम्भुनाथ टिम बिजय भएको छ ।

बोदे बर्साईन नगरपालिका ५ जांजर र शम्भुनाथ नगरपालिका बिच भएको खेलमा पहिलो ब्याटिङ्ग गरेका जांजरले १२१ रनको लक्ष्य दिएका थिए । बीस ओभरको खेलमा प्रतिद्वन्द्वी शम्भुनाथ टिमले १७ ओभर ५ वलको समाप्तिमा ४ विकेटले शम्भुनाथ टिमले जित हात पारेका छन। आयोजक गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य तथा भुपु कृषि मन्त्री माननीय मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रथम बिजेता शम्भुनाथ टिमलाई नगद रु ७१०००, प्रमाणपत्र मेडल प्रदान गरेका थिए भने द्दितिय टिम जांजरलाई नगद रु ३५०००, प्रमाणपत्र मेडल प्रदान गरेको आयोजकले जनाएको छ ।

फाईनल खेलमा शम्भुनाथ टिमबाट म्यान अफ द म्याच राहुल सिंह र जांजर टिमबाट म्यान अफ द सिरिज बरुण देवन भएको आयोजकले जनाएको छ । पुस १४ गते देखि सुरु भएको खेलमा सिरहा, सप्तरी, र भारत बिहारको जम्मा १६ वटा टिमको सहभागीता रहेको थियो ।स्थानीयबासी , नगरपालिकाको विशेष सहयोगमा संचालित खेलको समापन समहरोहमा डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख शिव नारायण साहले भने खेलकुदको बिकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रत्तिबद्द्ता व्यक्त गरेका छन । स्थानीयबासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको ब्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने नगर प्रमुख साहको भनाइ रहेको थियो ।

खेलमैदानका लागि लगानी गर्ने भन्दै मेयर साहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ , ´स्थानीयको सहयोगको अपेक्षा गरेको छु , नगरपालिकाको प्रत्येक वडामा स्टेडियम तयार हुन्छ । कार्यक्रमको बिशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाको मेयर शिव नारायण साह , नगर उप प्रमुख ईन्दु देबि यादव , जसपा नेपालको राष्ट्रिय सभा सदस्य उम्मेदवार मो . खालिद सिदिकी , रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयबासी , लगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।

यस गोल्डेन क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष - मो मुसा अन्सारी ,सचिब - राजेश मिश्रा , कोषाध्यक्ष - श्रवन कुमार चौधरी , सदस्य - महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव तथा आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश मिश्राले गरेको थियो । खेलमा हरिबलव माझी र रहम्दुला अन्सारीले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१