Siraha Times
ताजा समाचार

पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने

  • पुस २९, २०७८
  • ११४१ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगंज, २९ पुस । स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् । प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ १ गते शनिबार हुने पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने जनाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्ने पुरस्कारकाे लागि छनाैट भएका व्यक्तिहरु प्रक्रिया नै नपु¥याई महासंघ पर्सा शाखाले बल–मिच्याई गरेको र पुरस्कृत हुने व्यक्तिहरुको हकमा पूर्णतः प्रेस चौतारीकरण गरिएले पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने निर्णय गरिएकाे प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीले वताए । महासंघलाई सचिन्न, आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार सम्वद्ध चार संगठनले मंसिर २० गते सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरे पनि कुनै वास्ता नगरिएकाले पुरस्कार वितरण समाराेह बहिस्कार गर्न निर्णय गरिएकाे प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतमले वताए ।

विज्ञप्ती मार्फत आफुहरुले महासंघलाई निर्णय सच्याउन आग्रह गर्दा पनि महासंघ पर्सा शाखाले कुनै किसिमकाे वास्ता नै नगरेकाेले कार्यक्रम बहिस्कार गरी पुरस्कार वितरणकाे समाचार नलेख्न निर्णय गरिएकाे समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले वताए । विज्ञप्ती मार्फत चार संगठनले पुरस्कार वितरण समारोह वहिस्कार गर्ने सामुहिक निर्णय गरेको जनाउँदै सोही अनुसार आफ्ना संगठन सम्वद्ध पत्रकारहरुलाई सो पुरस्कार वितरण समारोहमा सहभागी नभई सांकेतिक विरोध जनाईदिनु हुन अनुराेध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१