ताजा समाचार

पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने

  • पुस २९, २०७८
  • ११५६ पटक पढिएको
  • रामएकवाल राम
alt

वीरगंज, २९ पुस । स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् । प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले बिहिबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै माघ १ गते शनिबार हुने पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने जनाएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्ने पुरस्कारकाे लागि छनाैट भएका व्यक्तिहरु प्रक्रिया नै नपु¥याई महासंघ पर्सा शाखाले बल–मिच्याई गरेको र पुरस्कृत हुने व्यक्तिहरुको हकमा पूर्णतः प्रेस चौतारीकरण गरिएले पुरस्कार वितरण समाराेह बहिस्कार गर्ने निर्णय गरिएकाे प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीले वताए । महासंघलाई सचिन्न, आवश्यक प्रक्रिया पूरा गर्न सञ्चार सम्वद्ध चार संगठनले मंसिर २० गते सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै आग्रह गरे पनि कुनै वास्ता नगरिएकाले पुरस्कार वितरण समाराेह बहिस्कार गर्न निर्णय गरिएकाे प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतमले वताए ।

विज्ञप्ती मार्फत आफुहरुले महासंघलाई निर्णय सच्याउन आग्रह गर्दा पनि महासंघ पर्सा शाखाले कुनै किसिमकाे वास्ता नै नगरेकाेले कार्यक्रम बहिस्कार गरी पुरस्कार वितरणकाे समाचार नलेख्न निर्णय गरिएकाे समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले वताए । विज्ञप्ती मार्फत चार संगठनले पुरस्कार वितरण समारोह वहिस्कार गर्ने सामुहिक निर्णय गरेको जनाउँदै सोही अनुसार आफ्ना संगठन सम्वद्ध पत्रकारहरुलाई सो पुरस्कार वितरण समारोहमा सहभागी नभई सांकेतिक विरोध जनाईदिनु हुन अनुराेध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤