Siraha Times
ताजा समाचार

सिरहाको लहानमा सुपर डान्स च्यामपियन्सिप हुदै

  • पुस २५, २०७८
  • १०८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २५ पुष - सिरहाको लहानमा सुपर डान्स च्यामपियन्सिप हुने भएको छ्।केएआर प्रोडकसन द्वारा लहानमा बृहत राष्ट्रिय सुपर डान्स च्यामपियन्सिप कार्यक्रमको आयोजना गरेको छ्।समाजको बिकृती माथी अवाज आफनो सांस्कृतिक परम्पराको जगेर्ना र पहिचान कायम गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको KSR productionका संचालक सुजित रुचालले जानकारी दिनु भयो। हुन् लागेको सुपर डान्स च्यामपियन्सिप कार्यक्रमको अडिसन राउन्ड २०७८ माघ २ र ५ गते सिरहाको लहानमा हुने आयोजक संस्थाका संयोजक सुजित रुचालले जानकारी दिनु भयो।कार्यक्रममा करिब ५० देखि १०० जना कलाकर्मीहरुको सहभागीता रहने अपेक्षा गरेका छन्।उक्त कार्यक्रममा सांस्कृतिक नृत्य राष्ट्रिय कलाकारको प्रस्तुति समाजिक अभियान लगायतका प्रस्तुति रहने आयोजकले जानकारी दिनु भयो। नेपालमा विभिन्न जात जाति धर्म संस्कृतिकका ब्यक्तीहरु बसोबास गर्ने गरेका छन्।आफनो संस्कृति भाषा पहिचान जोगाउन र सबै अ-आफ्नो तरिकाबाट बाचन पाउनु सबैको अधिकार हो।देशमा बिबिधता र सांस्कृति परम्पराको रक्षा गर्नु सबैको दायित्व रहेको रुचालले बताए।

Open photo

सिरहा जिल्ला एउटा प्रयटकीय गन्तव्यको रूपमा स्थापीत रहेको उनले बताए।सिरहाको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउन उक्त कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाको अधिकारीक ब्यक्ती सुजित रुचालले बताए।संचालक रुचालले बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा लगेका हुन्।उनले बाल्यकाल देखि नै संगितको क्षेत्रमा लागेका हुन्।बिगतमा उनले गरेका कामहरु समाजमा जग्जाहेर रहेको छ्। नयाँ पुस्तामा भएको सांस्कृतिक प्रतिभालाई उजागर गर्न र प्रतिभामा निखार्ता ल्याउन उनले नेपालका काठमाडौं लगायत तराई मधेसका मिथिला क्षेत्रमा पछाडि परेका युवा युवतीहरुलाई माथी उकास्न बिगत पाँच बर्ष अगाडी नेपालका महानायक राजेश हमालको उपस्थितिमा सिरहाको लहान स्थित रहेको होटेल दरवारमा मिस सिरहाको बृहत आयोजना गरेको थियो। सिरहाको लहान नगरपालिकामा जन्मिनु भएका रुचालको दर्जनौं फिल्म र मैथिली नेपाली एल्बमहरु बजारमा उपलब्ध रहेका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१