Siraha Times
ताजा समाचार

निजामती कर्मचारी संगठनमा राय

  • पुस २५, २०७८
  • १५४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । सौगात एफएम लहान, २५ पुष । नेपाल निजामती कर्मचारी संगठन सिरहाको ११ औ जिल्ला अधिवेशनले अध्यक्षमा राजकुमार रायलाई चयन गरेका छन् । पुष २४ गते भएको सो अधिवेशनले उपाध्यक्षमा रन्जीतकुमार यादव, जीवनथापा मगर सचिवमा अशोक महतो, सहसचिवमा शंकर साह र कोषाध्यक्षमा चन्द्रकान्त भट्टराईलाई चयन गरेका छन् । यसैगरी , सदस्यहरुमा प्रदीप सिँह, ज्ञानकुमार यादव,मनिष कर्ण, अरविन्द यादव, शत्रुधनप्रसाद यादव, मनिष ढुँगाना, मन्जुकुमारी दास, सिता निरौला, हिमा उप्रेती, ललिता यादव, पुनिता महतो, रामकुमार महतो, सुरेशकुमार यादव, राजकुमार महरालगायतका चयन भएका छन् । सिरहाको लहानमा भएको सो अधिवेशनमा संगठनका दिलिपकुमार साहका सभाध्यक्षतामा भएको सो अधिवेशनका प्रमुख अतिथीमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ रहेका थिए । त्यसैगरी, अतिथीहरुमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख लालबाबु कवाडी, प्रदेश साँसद लगनलाल चौधरी, नेकपा एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१