ताजा समाचार

निजामती कर्मचारी संगठनमा राय

  • पुस २५, २०७८
  • १५८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । सौगात एफएम लहान, २५ पुष । नेपाल निजामती कर्मचारी संगठन सिरहाको ११ औ जिल्ला अधिवेशनले अध्यक्षमा राजकुमार रायलाई चयन गरेका छन् । पुष २४ गते भएको सो अधिवेशनले उपाध्यक्षमा रन्जीतकुमार यादव, जीवनथापा मगर सचिवमा अशोक महतो, सहसचिवमा शंकर साह र कोषाध्यक्षमा चन्द्रकान्त भट्टराईलाई चयन गरेका छन् । यसैगरी , सदस्यहरुमा प्रदीप सिँह, ज्ञानकुमार यादव,मनिष कर्ण, अरविन्द यादव, शत्रुधनप्रसाद यादव, मनिष ढुँगाना, मन्जुकुमारी दास, सिता निरौला, हिमा उप्रेती, ललिता यादव, पुनिता महतो, रामकुमार महतो, सुरेशकुमार यादव, राजकुमार महरालगायतका चयन भएका छन् । सिरहाको लहानमा भएको सो अधिवेशनमा संगठनका दिलिपकुमार साहका सभाध्यक्षतामा भएको सो अधिवेशनका प्रमुख अतिथीमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ रहेका थिए । त्यसैगरी, अतिथीहरुमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख लालबाबु कवाडी, प्रदेश साँसद लगनलाल चौधरी, नेकपा एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤