Siraha Times
ताजा समाचार

वीरगञ्ज-३ बस्ने ४८ वर्षीय मुख्तार मियाको लास फेला परेको छ

  • पुस २३, २०७८
  • १००१ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

सिरहा टाइम डेस्क-

भारत कलकत्ता घर भई वीरगञ्ज-३ बस्ने ४८ वर्षीय मुख्तार मियाको लास फेला परेको हो । मियाले चार महिनादेखि वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज–२३ इटिहायीस्थित कुलोमा बिहीबार अपरान्ह मियाको लास फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार कुलोमा घोप्टो परेको अवस्थामा उनको लास भेटिएको हो । स्थानीयले लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । पछि मात्रै उनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

 

ई–रिक्सा चलाउनु अघि उनी छाला उद्योगमा मजदुरी गर्थे । उनी बुधबार ६ बजेदेखि नै ई–रिक्सा सहित हराएका थिए । टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएकाले कर्तव्य गरी मारेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । प्रहरी नायब उपरीक्षक खनालले पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए ।

 

‘लास भेटिएको स्थानको वरपर घर छैन, एकदमै एकान्त स्थान छ,’ उनले भने ‘टाउकोमा चोट लागेको र घटनास्थल वरपर र गतको टाटा देखिएको छ । कर्तव्य गरेर पनि मारेको पनि हुन सक्छ ।’ घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१