ताजा समाचार

नव निर्मित पतंजली याेग आयुर्वेद आश्रम भवनको लहानमा उद्घाटन

  • पुस २२, २०७८
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ पुष - सिरहाको लहान नगरपालिका वडा नम्बर ४ स्थित पतंजली याेग आर्यूवेद आश्रम भवनको उद्घाटन भएको छ। प्रदेश नं २ काे समाजिक विकास मन्त्री नवल किशाेर साहले हिन्दु परम्परा अनुसार गायत्री मन्त्रद्वारा हाेम जाप गरी बिधीपुर्वक पानसमा दियो वालेर समुद्घाटन गरेका थिए। करोडौंकाे लागतमा १२५ फिट लम्बाई र ६५ फिट चाैडाई भएको पतंजली याेग आर्यूवेद आश्रम निर्माण भएको छ। लहान नगरपालिका वडा नम्बर ४ मा नव निर्मित भवनको समुद्घाटन कार्यक्रम सम्पन्न छ। उद्घाटन कार्यक्रममा पतंजली याेग आर्यूवेद आश्रमकाे जिल्ला अध्यक्ष डा.विपी चाैधरी,लहान नगरपालिकाकाे मेयर मुनि साह,सिरहाको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी लगायत सुरक्षाकाे प्रमुख निकायहरु लहान नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत खेमनन्दन भुसाल,पतंजली याेग समिति प्रदेश नं २ काे प्रभारी हरिहर चाैधरी,पतंजली यूवा नेपालकाे राष्ट्रिय संयाेजक याेग गुरु लाेक नाथ खनाल,प्रदेश नं १ काे प्रभारी मिस्टर चाैधरी लगायतकाे याेग गुरुहरु विधि पुर्वक अग्नि प्रज्वलीतगरि मिथिला पाग लगाएर हाेममा सहभागी भएकाे थियाे ।

Open photo

कार्यक्रममा लाईन्स कल्व लहान फुलवारीकाे अध्यक्ष राकेश झा,उपा अध्यक्ष शंकरप्रसाद गुप्ता, प्यावब्सन प्रदेश नं २ काे अध्यक्ष मुरारी प्रसाद साह,नेकपा माओवादी लनपा नगर अध्यक्ष तथा वाडा नं २१ काे वडा अध्यक्ष हेमन्त यादव, वडा नं ७ काे वडा अध्यक्ष राकेश राेशन गुप्ता,ललकु मावि लहानकाे विधालय ब्यवस्थापन समितिकाे अध्यक्ष राम नारायण महताे,नेपाल पत्रकार महाँसघ सिरहाको अध्यक्ष मनाेज बनैता पतंजली सिरहाकाे मिडिया प्रभारी शिव कुमार साह,पत्रकार जिवछ यादव उदासी,महेश सिंह याेगी श्याम प्रसाद साह, अशोक स्वर्णकार,श्याम प्रसाद गुप्ता लगायत विभिन्न जिल्लाका दर्जनौं याेग गुरुहरु अतिथिकाे रुपमा सहभागि भएकाे थियोे।नव निर्मित याेग भवनमा विहिवारदेखि याेगी लाेक नाथ खनालद्वरा निशुल्क एक सत्ता सम्म विहान ६ वजे देखि राेग अनुसारको याेग गराएर एक गिलास निशुल्क कढा दिनेगरेकाे कुरा समितिकाे जिल्ला अध्यक्ष डा. विपी चाधरीले जानकारी दिनुभएको छ । साथै कार्यक्रममा सबैले याेगकाे महत्त्व वरेमा प्रकाश पार्नु भएको थियोे।साथै याे भवनलाई प्रदेश नं २ काे नमुना याेग भवन बनाउनमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जाेड दिनुभएको थियो ।

Open photo

 

 

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤