ताजा समाचार

साउदीमा ७० नेपाली युवा अलपत्र

  • पुस २२, २०७८
  • ११६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ७० नेपाली युवा साउदीको खोबरमा अलपत्र परेका छन् । काठमाडौंस्थित सिनेट इन्टरनेशनल म्यानपावरमार्फत विगत ३० महिनाअघि त्यहाँ पुगेका उनीहरु अलपत्र परेका हुन् । साउदीको जुबेलमा रहेको साश इन्टरनेशनल कम्पनीमा कार्यरत उनीहरुलाई कम्पनीले तलब नदिँदा आफूहरु समस्यामा परेको अलपत्र परेकामध्ये झापाका लक्ष्मी पौडेलले जानकारी दिए ।‘‌हामी विगत ३० महिनादेखि साश इन्टरनेशनल कम्पनीमा कार्यरत छौँ,‘ उनले खबरहबसँग भने, ‘अहिले हामीलाई ठूलो समस्या परेको छ, विगत ९ महिनादेखि तलब पनि पाएका छैनौँ ।’‘ यो मेरो मात्र हैन, यहाँका ७०/८० जना नेपालीको समस्या नै त्यही हो,’ उनले थपे, ‘हामी अहिले ४ महिनादेखि बेरोजगार भएर क्याम्पमा बसेका छौं । हाम्रो रिन्यु पनि गरेको छैन । कम्पनीले बनाइदिनुपर्ने बहिर्गमन भिसा पनि नदिँदा अहिले अलपत्र अवस्थामा छौँ ।’

उनीहरुले नेपाल सरकारले नेपाल लैजानका लागि पहल गर्न पनि अनुरोध गरेका छन् ।

आफूहरुको समस्या पठाउने मेनपावर कम्पनीलाई भन्दा मेनपावरका एजेन्ट सुरेन्द्र खनाल यहाँको कम्पनी मिलेर आफूहरुमाथि उल्टै दबाव दिने तथा थर्काउने गरेको उनीहरुले बताएका छन् । आफूहरुको समस्याबारे ४ महिनाअघि नै रियादस्थित नेपाली दूतावासलाई जानकारी गराए पनि साउदी सरकारी उच्च निकायसम्म पहुँचै नभएको दूतावास निरीह रहेको उनीहरुले आरोप लगाएका छन् । साथै, गैरआवासीय संघ (एनआरएनए) साउदीलाई पनि जानकारी गराए पनि अहिलेसम्म कतैबाट सुनवाइ नभएको उनीहरूले बताएका छन् । अहिले आफूहरुसँग फोन गर्ने एक रुपैयाँ पैसा पनि नभएको र कम्पनीको अवस्था झन् बिग्रिएको भन्दै उनीहरुले आफूहरुलाई सकुशल उद्धार गर्न वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, नेपाली दूतावासलगायत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

साउदीमा अलपत्र परेका नेपालीहरुमा लक्ष्मी पौडेल, प्रेम प्रकाश अधिकारी, विवेक परियार, शिव मन्जरी घिमिरे, रविन्द्र मल्ल, राजेन्द्र विश्वकर्मा, राजकुमार बस्नेत, धन बहादुर तामाङ, श्याम निरौला, मनोज राई र नोल बहादुर सिञ्जालीलगायत ७० देखि ८० जनासम्म रहेका छन् । पछिल्लो समय साउदीमा कम्पनीले महामारीको कारण देखाउँदै कामदारलाई विना तलव कम्पनीबाट निकाल्ने तथा समयमा तलव नदिने तथा करार अवधि सकिएपछि पनि घर नपठाउने कारण ठूलो संख्यामा नेपालीहरु अलपत्र पर्ने क्रम बढ्न थालेको छ । खबर हब बाट

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤