नेपाली समाज कतारको अध्यक्ष तामाङलाई

  • पुस १८, २०७८
  • १०७० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा - जातीय मुक्तिका लागि संघियता वर्गीय मुक्तिका लागि समाजवाद, सधै लडयौ अरुको लागि अब लडौ आफ्नो लागि भन्ने मुल नारा सहित जसपा नेपालको प्रवास सङ्ग्ठन नेपाली समाज कतारको गत शुक्रबार दोस्रो अधिवेशन सम्पन्न भएको छ।

दोहा कतारको सफारी हाईपर मार्केट सङ्गै रहेको कराची ग्रिल हाउस रेस्टुरेन्टमा भएको अधिवेशनबाट श्री तेज मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन। जूम भर्चुअल मार्फत समाजका अध्यक्ष हिराधन राईको सभापतित्वमा तथा पार्टीका केन्द्रिय अध्यक्ष एव पुर्व उपप्रधानमन्त्री मा. उपेन्द्र यादवको प्रमुख आतिथ्यमा र आङ्गकाजी शेर्पाको विशिष्ट आतिथ्यमा सम्पन्न अधिवेशनमा कतारमा स्थापित एनआरएनए प्रदेश संस्थाहरु वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु विभिन्न जातीय संस्थाहरु पत्रकार बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

शहिदहरुको स्मरण गरि दिप प्रजवलन गरेर सुरुवा् भएको अधिवेशनमा एक मिनेट मौन धारण गरेका थिए! त्यसै गरी एन आर एन ए कतार का प्रथम उपाध्यक्ष जैबि चाम्लिङ्ग राई, मनिश यादव, जमिर नदाफ, चानक पोख्रेल, डिएन मगर, ध्रुब क्षेत्री, रामजि खत्री, डम्बर मिरिक, बिबेक पुलामि मगर, एकराज राई, लगायत प्रबिप्रस अन्तर्गत बिभिन्न मुलुक का नेपाली समाज का अध्यक्ष हरु तथा प्रतिनिधि हरु, पर्वति थापा मगर, सुन्दर योन्जन तामाङ्ग, अनिला मोक्तङ, दर्पन गुरुङ, पेम्बा शेर्पा, चन्द्र गुरुङ्ग लगयात का अन्य वक्ता सहित प्रबिप्रस सद्स्य सगर अधिकारी सहित का वक्ता हरुले शुभकामना दिएका थिए! संस्थाका गतिविधि एव आर्थिक कारोबारका बारेमा उपाध्यक्ष राजाराम शाहिले जानकारी गराएका थिए।कार्यक्रममा विभिन्न १८ वटै देशमा रहेका जसपा नेपालको भातृ सङ्ग्ठनका प्रतिनिधिहरु जुम भर्चुअल मार्फत सहभागी भएर विभिन्न वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

अनलाइन जुम मार्फत कार्यक्रमका प्रमुख अतिथि एव पुर्व उपप्रधानमन्त्री यादवले आफ्नो शुभकामना मन्तव्यमा बोल्दै पार्टीको चार निति संघियता सुशासन समृद्धि र समाजवादको अर्थ र औचित्यबारे स्पष्ट पार्नु भएको थियो।कार्यक्रमको संचालक सन्तोश तिमिल्सिना तथा उहाँलाई सहजीकरणको लागी नेपाली समाज कतारका इन्चार्ज मनिष यादवले थप उत्साहित बनाएका थिए।प्रवास प्रदेश समितीका सचिव समेत रहनु भएका नेपाली समाजका कतारका इन्चार्ज यादवले विश्वबाट प्रतिनिधित्व गरेर आउनु भएका जसपाका पदाधिकारीहरु तथा केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई समेत जुम मार्फत सहजीकरण गर्दै कार्यक्रमलाई सफलताका साथ अगाडि बढाएका थिए।

हरेक समुदायका सबैलाई प्रतिनिधित्व हुने गरि आयोजना गरिएको दोस्रो अधिवेशनलाई भव्यताका साथ सफल पार्न अध्यक्ष तामाङले सबैलाई धन्यवाद व्यक्त गरेका थिए।साथै अगामी दिनमा सबैलाई समेटेर संस्थागत एकजुट भई समस्याहरुको समाधान र प्रवासबाट हुने समाधान प्रतिको सहयोगमा एकरुपताको साथ अघि बढने प्रतिवधता जनाएका थिए।
नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई प्रवास सचिव तथा नेसक इन्चार्ज मनिश यादव ज्यु ले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए।
कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालना गरि कार्यक्रम को सन्योजक प्रकाश आले मगर ज्यु ले जानकारी गराउनु भएको थियो!

प्रतिक्रिया दिनुहोस

स्कुल बस अनियन्त्रित ...

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क् ...

सप्तरीको महदेवा चिमट ...

ओम प्रकाश यादव / सन्जु कुमारी दास लहान २१ वैशाख । मुक्ति नेपाल गोलबजार सिरहा र नागरीक आवाज ललित ...

सप्तरीको अग्निपीडितल ...

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१