Siraha Times
ताजा समाचार

मोटरसाईकल किन्न लहान गएका साह सम्पर्क बिहिन

  • पुस १३, २०७८
  • १२३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ पुष- सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पडरीया बस्ने श्यामसुन्दर साहु तेलीका छोरा अन्दाजी ३२ बर्षको दिपेन्द्र कुमार साह करिब १५ दिन देखि सम्पर्क बिहिन भएका छन्।घरमा मोटरसाईकल खरिद गर्न लहान जादै छु भनेर निस्केको साह सम्पर्क बिहिन भएका छन्। घरमा आमा,बुबा,भाई,श्रीमती नयाँ मोटरसाईकल लिएर घर आउँछ भनेर राह पर्खेर बसेका छन्।साझ अवेर सम्ममा घर नआए पछि सम्पुर्ण आफन्तको घरमा फोन गरेर शोधपुछ गरेका थिए। मानसिक अबस्था एकदम राम्रो रहेको साह घरबाट बेपत्ता भएका छन्।घर बाट निस्केको करिब १५ दिन भईसकेको छ।हाल सम्म कुनै ठाँउबाट भेटेको र सम्पर्कमा आएको जानकारी आएको छैनन्न। उक्त ब्यक्तीको खोजी निति तिब्र गतिमा भईरहेको परिवारजन धर्मेन्द्र कुमार साहले जानकारी दिनु भयो।उक्त ब्यक्तीलाई कुनै ठाँउमा फेला पर्यो भने नजिकको प्रहरी चौकीमा जानकारी गराईदिन हुन् परिवारजनको अनुरोध रहेको छ। बेपत्ता साह बिवाहीत ब्यक्ती हुन्। उनलाई एक ६ बर्षकी छोरी र श्रीमती छिन। १५ दिन देखि घरबाट सम्पर्क बिहिन छन् भने जानकारी र खोजीनिती गर्न ईलाका प्रहरी कार्यालय लहानमा लिखित निवेदन समेत दर्ता गराएका उनको आफन्त मंगल् देब साहले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१