बहादुरगंज मा जन जागरण युवा क्लब द्वारा सम्मान कार्यक्रम सम्पन्न

  • पुस १०, २०७८
  • १०६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु जिल्ला काे पश्चिम मा पर्ने कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज मा जन जागरण युवा क्लब द्वारा सम्मान समाहाेर कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम मा केही राम्राे स्कुल , राम्रो शिक्षकहरु , उच्च अंक प्राप्त गरेका विद्यार्थीहरु र केहि संगठनहरु लाई कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह काे प्रमुख अतिथि र क्लब का अध्यक्ष लवकुश तिवारी अध्यक्षता मा प्रमाणपत्र प्रदान गरिएको हाे । देश र समाज परिवर्तन गर्न काे लागि सबैभन्दा धेरै भुमिका युवाहरूको हुन्छ । युवाहरु नै भविष्य मा देश चलाउने हुन , यस कारणले युवाहरुलाई दिनु पर्छ । आफ्नाे अधिकार युवाहरुले मागेर हाेइन छिनेर लिनु पर्छ हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भन्नू भयो । हिन्दु धर्मको संरक्षण गर्न काे लागि सबैले आ-आफ्नाे ठाउँबाट काम गर्न काे लागि अध्यक्ष पाण्डेयले अग्रह समेत गर्नु भयो ।

जन जागरण युवा क्लब का अध्यक्ष लवकुश तिवारीले युवाहरुलाई चुनाव मा मात्र प्रयोग गर्दै अाएकाे पाइन्छ त्यहि भएर युवाहरु संग चुनाव मा प्रयोग नहुन काे लागि अनुरोध समेत गर्नु भएको हाे । सबै नेताहरुले मिलेर युवाहरुलाई चुनाव काे वेला मात्र चिन्छन । चुनाव भए पछि युवाहरुलाई भुलि हाल्छन । यहाका नेताहरु र जनप्रतिनिधिहरु कस्ताे रहेको छ भन्नै पर्दैन । उक्त कार्यक्रममा कृष्णनगर नगरपालिका का प्रमुख रजत प्रताप शाह , जन जागरण युवा क्लब का अध्यक्ष लवकुश तिवरी , हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय , महाकाल सामाजिक संस्था का अध्यक्ष धर्मराज विश्वकर्मा , शिक्षक , विद्यार्थी , समाजसेवी र क्लब का सदस्यहरु लगायत अन्य व्यक्तिहरु काे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१