Siraha Times
ताजा समाचार

सिरहाको महरा टोल पूर्ण सरसफाई उन्मुख टोल घोषणा

  • पुस ७, २०७८
  • १५११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा ,७ पुस- सिरहा नगरपालिकाको ३ स्थित मखनाहा महरा टोल सफा र स्वच्छ टोल घोषणा भएको छ।३० घर धुरी रहेको यस महरा टोल पूर्ण सरसफाई अभियान अन्तर्गत सफा र स्वच्छ टोल घोषणा भएको हो। सिरहा नगरपालिका र सबल नेपालको सहकार्यमा टोल ब्यवस्थापन समिति मखनाहा महरा टोलले घोषणा कार्यक्रमको आयोजना गरी उक्त टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको टोल ब्यवस्थापन समितिका अध्यक्ष अमिरीका देवी महराले जानकारी दिईन । अध्यक्ष महराका अनुसार मानव जीवनको आवश्यकता मध्येका महत्वपूर्ण विषय सरसफाई रहेको बताइएको छ। मान्छे स्वस्थ्य जीवन बिताउन ब्यक्तिगत सरसफाई देखी वातावरणीय सरसफाईमा ध्यान दिनु आवश्यक रहेको र खास गरी दलित समुदायहरु बढ़ी जसो सरुवा तथा महामारी जस्ता रोगको चपेटामा दलित समुदायहरु बढ़ी जसो पर्ने गर्छन् । त्यस्ता महामारीबाट जोगिन महरा टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको बताईन।

Open photo

खुल्ला रुपमा दिसा पिसाब गरेमा नगरपालिका द्वारा कड़ा कारवाहीबाहिर खुल्ला ठाउँमा दिसा पिसाब गर्नेलाई पाँच सय रुपैयाँ जरिवना सहित कड़ा कारवाही हुने कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा सिरहा नगरपालिकाका स्रोत ब्यक्ति (फोकल पर्सन) सुरेश चोरवारले सो कुरा बताए । खुल्ला दिसामुक्त (ओडीएफ) नगरपालिका घोषणा भैसकेको पूर्ण सरसफाई पालिका घोषणा गर्न उन्मुख रहेको यस पालिकामा खुल्ला रुपमा दिसा पिसाब गर्नेलाई कारवाही हुने बताए। सरसफाई अभियानमा सहयोग गर्ने सरसफाई अभियन्तालाई कदर पत्र सहित सम्मान गरेको सवल नेपालका वाश (सरसफाई)अधिकृत रामनाथ साहले जाकारी दिए ।कार्यक्रममा सिरहा नगरपालिका ३ मखनाहाका वडा अध्यक्ष रामबहादुर मण्डल , सिरहा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मोहम्मद इदरिश राईन , सवल नेपालका कार्यक्रम संयोजक भीमलाल साही लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Open photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१