लहानको हुसैन अप्टिकलमा बिवाद चुलिदै

  • पुस १, २०७८
  • ९५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ पुष - सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको हुसैन अप्टिकलमा बिवाद चुनिएको छ। करिब पचिस बर्ष देखि तेतरी खातुनको घरमा सटर भाडा लिई ब्यापार ब्यवसायी संकलन गर्दै आएका स्थानीय अकवर अलिको अहिले बिचल्ली भएका छन्। घर मुली तेतरी खातुनसंग सम्झ्दारी भए अनुसारको स्टर भाडा लिएका अकवर अलिले समयमै तिर्दै आएका छन्। घर मुली खातुन र हुसैन अप्टिकलका संचालक अकवर अलिसंग करिब २/३ महिना देखि बिवाद चल्दै आएका छन्।बिवाद उग्ररूप लिए पछी अदालत सम्म मुद्दा चल्दै आएका छन् अलिलाई करिब एक हप्ता देखि पसल बन्द हुँदा बिचल्ली भएको छ्।बिगत २५ बर्ष देखि कहिले लिखित त कहिले समाजीक अगुवाहरुको रोहबरमा मौखिक रूपमा सम्झौता गरेर हाल सम्म पसल संचालन गर्दै आएका थिए।

Open photo

करिब ४ बर्ष अगाडि लिखित एगृमेनटको कुरा अगाडि आउँदा लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामदयाल महतो र वडा सदस्य राजा राम महतोको रोहवरमा मौखित सम्झदारी भएको थियो। दुबै पक्षले उक्त मौखिक सम्झदारी स्विकार्दै पसल संचालन गर्न दिएका थिए। कोरोना कहरमा आएर बिवाद हुँदा घर मुलि तेतरी खातुनले भडेदार अकवर अलिलाई पटक-पटक कोठा अर्थात सर्टर खाली गर्न अनुरोध गरेका थिए। सम्झौता अनुसारको भाडा आफुले तिर्दै आएको छु भन्दै आफु कोठा खाली गर्न अस्मर्थ भएका थिए। उक्त ठाउँमा राम्रो ब्यापार चल्दै आएका कारण हुसैन अप्टिकलका संचालक अकवर अली कोठा खाली गर्न पछाडी हटेका थिए। घर मुली खातुनले सटर खाली गर्न नमान्दा लहान नगरपालिका र ईलाका प्रहरी कार्यालय लहानमा कोठा खाली गर्न उजुरी दिएका छन।अलि संग छलफलका लागी बैठक बस्न मिति अगाबै एकासी लहान नगरपालिकाका नगर प्रहरी र ईलाका प्रहरी कार्यालय लहानको टोलिले अदालतको अबहेलना गर्दै कुनै जानकारी नदिई पसल बाट सम्मान बाहिर निकालेर राख्दा हुसैन अप्टिकलका संचालका आपत्ति जनाएका छन्। पीडित अली छती पुर्तीको माग गर्दै पत्रकार गुहारेका थिए। आफू संग सम्झौता अनुसारको भाडा लिई पसल संचालन गर्न दिन घर मुलीसंग आग्रह गरेका छन्। वडा अध्यक्ष राम दयाल महतोका अनुसार पीडित अलीको छतीपुर्ती दिलाउनु यहाँको स्थानीय बासी र समाजसेबीहरुको दाईत्व रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१