Siraha Times
ताजा समाचार

प्रहरी निरीक्षक पासवानको सफलता: मोस्टवान्टेड सुचिमा रहेका मियाँ पक्राउ

  • मंसिर २३, २०७८
  • २३१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, २२ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय कुख्यात अपराधी गुल्जार मियाँलाई प्रहरीले पक्राउ गरेको छ । साविक पटेर्वा गाविस १ बस्ने कैलि खातुनको जाहेरी अनुसार उनका श्रीमान ४८ वर्षीय सहबुद र बुहारी २७ वर्षीय सगिरा खातुनलाई कर्तब्य ज्यान गरि फरार रहेको मियाँलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र पासमानको कमाण्डमा खटिएका प्रहरी टोलिले गोप्य सुचनाको अधारमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका १ महेशवारीमा लुकिछिपी बसिरहेको अवस्थमा मियाँलाई पक्राउ गरेको हो । रेड कर्नर नोटिस समेत जारी भईसकेको मियाँलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पासवानले बताए ।

साहबुद र सगिराको शव साबिक कल्याणपुर गाविस ८ बिसनपुर चौकदेखि ३०० मिटर दक्षिण २०७२ जेष्ठ ६ गते प्रहरीले फेला पारेको थियो । उक्त घटना संलग्न सप्तरी सारश्वर ४ बस्ने आलाउद्धिन मियाँ, उनकी श्रीमती बविना खातुन, साविक टिकुलिया गाविस ७ बस्ने सकिल हुसेन मियाँ, शम्भुनाथ नगरपालिका २ कनकपी बस्ने नसरुल मियाँ, भारत जिल्ला मधुबनी लौकहा बगमरिया हाल सप्तरी सारश्वर गाविस — ७ घर भई बस्ने मस्तकिम भन्ने रईस मियाँ यसअघि नै प्रकाउ परि सकेको छ । जसमा सकिललाई इन्टरपोल सहयताले कतारबाट र रईसलाई बिदेश जान लागेको बेलामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । भने गुल्जार मियाँ फरार भएका थिए । यता, जन्डौल घर भएकी दुलारी देवी साहको समेत कर्तब्य ज्यान गरि मियाँ फरार रहेको थियो । साबिक जनडौल गाविस ८ स्थित चुरे जगंलको फेद कुलो कल्र्भटमा गाडेको अवस्थामा २०७२ बैशाख २७ गते देवी साहको मानव कंकाल फेला प्रहरीले पारेको थियो । पक्राउ परेका गुल्जार मियाँलाई आवश्य कार्वाहीका लागि सम्मानि जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफलेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१