Siraha Times
ताजा समाचार

खेल समृद्धिको ठुलो बाटो हो: कानुन राज्य मन्त्री यादव

  • मंसिर २१, २०७८
  • १२४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ मंसिर-सिरहाको सखुवानान्कार कट्टी गाउँपालिकामा संचालित रहेको फुटबल गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ्।फाईनल खेलको उदघाटन प्रदेश सभा सदस्य तथा प्रदेश नम्बर २ का कानुन राज्य न्याय तथा मामिला मन्त्री प्रमोद कुमार यादवले पान्समा बतिवालेर र फुटबल खेलेर खेलको उदघाटन गरेका थिए। एकीकृत समाज बादी पार्टीका गाउँपालिका संयोजक अमीर कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे। बिशिस्ट अतिथिमा प्रदेश सभा सदस्य अशोक कुमार यादव , गाउँपालिकाका अध्यक्ष केदार नाथ यादव उपाध्यक्ष अमला देबि यादव,नेता मानबिर यादव,वरिष्ठ नेता शिव राम महरा, ब्रहम देब महतो दिपेन्द्र यादव,नवराजपुर गाउँपालिका का युवा नेता अशोक कुमार यादव लगायतका पत्रकार नागरिक समाज बुद्धिजीवी गाउँका अगुवा समाज सेबिहरुको सहभागिता रहेको थियो।

एकीकृत समाजबादी पार्टी सखुवानान्कारकट्टीद्वारा प्रथम फुटबल गोल्डकपको आयोजना गरेका छन्।राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद, मुल नाराको साथको खेलको आयोजना गरेको थियो। फाईनल खेलको उदघाटन गर्दै प्रमुख अतिथि तथा कानुन मन्त्री प्रमोद कुमार यादवका अनुसार खेलकुद समृद्धिका लागि ठुलो बाटो हो बताएका थिए।पालिका अध्यक्ष केदार नाथ यादवलाई अगामी दिनको सफलताको कामना गर्दै बिदा हुनु भएको थियो। फाईनल खेलमा उदयपुर भर्सेज गोलबजार बिच भएको प्रतिस्पर्धामा पहिलो अर्थात प्रथम बिजेता उदयपुर हुनु भएको थियो दृत्य अर्थात उप-बिजेता गोलबजार फुटबल कलबले भएको थियो।बिजेताहरुलाई नगद सिलड प्रमाणपत्र दिई बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१