लहानमा प्रअहरुले परीक्षा वहिष्कार गरे

  • मंसिर २०, २०७८
  • ८२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, २० मंसिर । लहान नगरपालिकाभित्र रहेको विद्यालयको परीक्षा तीन शिक्षक संघसंगठनले वहिष्कार गरेको छ । नगरपालिकाले एकलौटी निर्णय गरेको विरोधमा मंसिर २० गतेदेखि हुने कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा प्रअले वहिष्कार गरेको छ । नेपाल शिक्षक संघका अरविन्द दास, शिक्षक क्रान्तिकारीका नेपाली साह र शिक्षक संगठनका जयनारायण यादवलगायतका प्रअले आज पत्रकार भेटघाटमा यस्तो वहिष्कार गरेको जनाएको छ । लहान नगरपालिकाका शिक्षा शाखाका अमिरी यादवले प्रअले बहिष्कार गरेर परीक्षा रोकिने छैन । नगरपालिकाले परीक्षाको लागि सबै व्यवस्था तयारी गरिसकेको छ । मंसिरदेखि परीक्षा हुने निश्चित भएको हो । यसलाई कसैले रोक्न सकिदैन । लहान नगरपालिकाले शिक्षक सरुवा गरेदेखि विवाद बढ्दै गएको छ । शिक्षक र अभिभावकबीच विवाद बढाएको छ । भौतिक निर्माण कार्यमा भ्रष्टाचार बढाएको आरोप लहान नगरपालिकामाथी छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१