Siraha Times
ताजा समाचार

लहानमा प्रअहरुले परीक्षा वहिष्कार गरे

  • मंसिर २०, २०७८
  • ९११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता लहान, २० मंसिर । लहान नगरपालिकाभित्र रहेको विद्यालयको परीक्षा तीन शिक्षक संघसंगठनले वहिष्कार गरेको छ । नगरपालिकाले एकलौटी निर्णय गरेको विरोधमा मंसिर २० गतेदेखि हुने कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा प्रअले वहिष्कार गरेको छ । नेपाल शिक्षक संघका अरविन्द दास, शिक्षक क्रान्तिकारीका नेपाली साह र शिक्षक संगठनका जयनारायण यादवलगायतका प्रअले आज पत्रकार भेटघाटमा यस्तो वहिष्कार गरेको जनाएको छ । लहान नगरपालिकाका शिक्षा शाखाका अमिरी यादवले प्रअले बहिष्कार गरेर परीक्षा रोकिने छैन । नगरपालिकाले परीक्षाको लागि सबै व्यवस्था तयारी गरिसकेको छ । मंसिरदेखि परीक्षा हुने निश्चित भएको हो । यसलाई कसैले रोक्न सकिदैन । लहान नगरपालिकाले शिक्षक सरुवा गरेदेखि विवाद बढ्दै गएको छ । शिक्षक र अभिभावकबीच विवाद बढाएको छ । भौतिक निर्माण कार्यमा भ्रष्टाचार बढाएको आरोप लहान नगरपालिकामाथी छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१