Siraha Times
ताजा समाचार

पशुपति माविको स्टल काण्ड, साँसदसहित पाँचमाथी ठगी मुद्दा र आन्दोलनको तयारी

  • मंसिर २०, २०७८
  • १३०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, २० मंसिर । घर तथा जग्गा भाडा उपभोक्ता समिति लहानले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । पशुपति आदर्श उच्च माविको उत्तरतर्फ रहेको जग्गामा स्टल निर्माण बापत ३७ व्यापारीसँग रकम असुली गरेको छ । विद्यालयले व्यापारीसँग स्टल बापत ९ बर्ष अगाडि करिब दूई करोड रकम उठाएको छ । रकम उठाएपनि हालसम्म स्टल निर्माण नगरी भाडावाललाई नदिएकोले भाडा उपभोक्त समिति आन्दोलनको चेतवानी दिएको छ । विद्यालयले भाडावालासँग उठाएको रकम हिनामिना भएको आरोप छ । तथापी ९ बर्षदेखि उठाएको रकमले स्टल निर्माण भइसक्थ्यो ।

हिसाबकिताव सार्वजनिक गर्न माग गर्दै भाडावालहरुले सांसद पद्मनारायण चौधरी, प्रदेश साँसद लगनलाल चौधरीविरुद्ध ठगी मुद्दा समेत दिएको छ । योसँगै पाँच जनामाथी भाडावाला उपभोक्ताले ठगी मुद्दा दिएको हो । यसवारे पशुपति माविका प्रअ डा.महेन्द्र चौधरीले कस कसले कति रुपैयाँ दिएको हो । त्यो हामीलाई थाहा भएको छैन । पूर्व प्रअ प्रमेश्वर रायले बरबुझार्थ नगरेकोले हिसाब एकिन नभएको बताउँछन् । डा.चौधरीले थपे पूर्वप्रअ रायलाई पटक पटक बरबुझार्थको लागि पत्राचार गरेको छ । हिसाब एकिन भएपछि यथाशिघ्र स्टल निर्माण गरी भाडावाललाई दिने हो । नभए रकम नै फिर्ता गर्ने हो । तर, विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छैन । अब दूई चार दिनमा विद्यालय व्यवस्थापन समितिको म्याद पनि समाप्त हुँदैछ । म के गर्न सक्छु ? उनले बताए ।

घर तथा जग्गा भाडा उपभोक्ता समितिका संयोजक प्रमोद दासले ४ देखि ६ लाखसम्म एक जनाबाट रकम उठाएको छ । आज ९ बर्ष भन्दा बढी भयो । हामीलाई व्याजसहित रकम फिर्ता गरियोस् । की त स्टल निर्माण गर्न सकिदैन भने हामी आफै सो जग्गामा घरटहरा बनाएर व्यापार गर्छु । प्रहरी प्रशासन पनि भ्रष्टाचारकैपक्षमा छन् । पीडितको न्याय कसले देला ? उनले बताउँछन् । संयोजक दासले हाम्रो विकल्प अब आन्दोलन नै हो । हामीलाई सडकमा जान बाध्य पारेको बताउँछन् । सो समितिले भ्रष्टाचार बन्द गर, ठगी गर्ने व्यकितलाई कारवाही गर भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समितिले मंसिर २० गते पत्रकार सम्मेलन, मंसिर २१ गते कोणसभा, २२ गते कालो झण्डा प्रदर्शन, २३ गतेदेखि आन्दोलनको स्वरुप परिवर्तन गरी जुलुस प्रदर्शनसहित जग्गा उपभोग गर्न घरटहरा निर्माण कार्य अघि बढाउँने कार्यक्रम रहेको छ । योसँगै लहान नगरपालिकाभित्र रहेका घर तथा जग्गा भाडावाला उपभोक्ताहरुको समस्याहरु कोरोनाकालमा बन्द रहेको कारोबार सो वापत घर भाडा मिनहा गर्ने गराउँनेतर्फ उन्मुख हुने तयारी समेत गरेको समितिका अध्यक्ष दासले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१