श्री सरस्वती साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न

  • मंसिर १८, २०७८
  • १२१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विरेन्द्र प्रसाद नेपाल लहान।मंसिर१७गते। सप्तरीको बलानबिहुल गाउँपालिका - १ मा अवस्थित श्री सरस्वती साना किसान कृषि सहकारी संस्था लिमिटेड महनियाले आठौं साधारण सभा २०७८ गत मंसिर १० गते सम्पन्न गरेका छन। सो सहकारी संस्थाका अध्यक्ष राम कुमार यादवको सभा अध्यक्षतामा कार्यक्रम गरेका थियोे , भने सभाका प्रमुख अतिथि बलान बिहुल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बैजनाथ यादव रहेका थियोे । विशिष्ट अतिथिका रुपमा पुर्व जि. शि. अ. गंगा राम यादव रहेका थिए। सो साधारण सभा कार्यक्रममा २ करोड ८१ लाख ९० हजार २९२ रुपैयाँको आय व्याय विवरण प्रस्तुत गरेका थियोे ।

यस सहकारी संस्थाले समय समयमा विना धितो रकम वितरण गर्दै आएका छन। मल , खाद्य , बीउ विज्जन दिई गाउँका बासिन्दाहरुलाई यस सहकारीले मन जितेको सरस्वती सहकारी संस्थाका प्रवन्धक विवेक कुमार चौधरीले बताएका छन। कार्यक्रमको संचालन दिगम्बर यादवले गरेका थियोे ,भने आय व्याय प्रतिवेदन विवेक कुमार चौधरीले प्रस्तुत गरेका थिए। कार्यक्रमका व्यक्ताहरुको रुपमा अरुण कुमार गोइत , बलान बिहुल गाउँपालिका पुर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलखन साह , शिस्बा बेल्ही सहकारी संस्थाका प्रवन्धक श्रवण कुमार साह लगायतकाले आफ्ना गहकिला तर्क प्रस्तुत गरेका थिए। विना देवी गोइत , घुरण राम , गजेन्द्र भण्डारी , वडा सदस्य धनवीर यादव , वडा सदस्य मांगैन राम , वरिष्ठ समाजसेवी गया प्रसाद गुप्ता लगायतका उपस्थितिमा सहकारीको सधारण सभा कार्यक्रम गरेका थिए।

Open photo

Open photo

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

गूगल एकेडेमीको वार्ष ...

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२ ...

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१