सखुवान्नकारकट्टीमा फुटबल प्रतियोगिताको आज फाईनल , गाईघाट र गोलबजार बिच प्रतिस्पर्धा

  • मंसिर १७, २०७८
  • ११५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १७, मंसिर । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) सखुवानन्कारकट्टी गाउँपलिकाको आयोजनामा मंसिर १० गते देखि संचालनमा रहेको फुटवल गोल्डकप खेलकुद प्रतियोगिता - २०७८ को आज समापन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर - ३ स्थित श्री माध्यमिक विधालय महदेवा पोर्ताहाको फिल्ड मैदानमा प्रतियोगिताको फाईनल खेल दिउँसो २ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । आजको खेल फियुजन फुटवल कल्व गाईघाट ( उदयपुर ) र स्पोर्ट्स फुटवल क्लब गोलबजार बिच प्रतिस्पर्धा हुने छ । फाईनल खेलको प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर - २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रमोद कुमार यादव आउने तय भएको छ । प्रदेश सभा सदस्य अशोक कुमार यदव , गाउँपालिका अध्यक्ष केदारनाथ यादव , पार्टीका गाउँपालिका संयोजक अमिर कुमार यादव लगायतका नेता तथा कार्यकर्ताहरुको बिषेश उपस्थिति रहने छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ५१ हजार , दृत्य पुरस्कार ३१ हजार , शिल्ड , प्रमाणपत्र , मेडल रहेको छ , प्रत्येक दिनको खेलको युवट्युवबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ । जसका लागी खेलप्रेमी दर्शक महानुभावले football gold cup 2078 सर्च गर्नुपर्ने आयोजकले जनाएको छ । सिरहा , सप्तरी , उदयपुर , धनुषा गरि ४ जिल्लको ८ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१