लहान १३ राजदेवीवासी आतंकीत,यौन दुव्र्यवहारको उजुरी दर्ता भएन

  • मंसिर १७, २०७८
  • १११४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १७ मंसिर । सिरहाको लहान १३ राजदेवी टोलवासी आतंकीत छन् । प्रहरी प्रशासनको ध्यानाकर्षण गराएपनि मौन छन् । अपराधीलाई नै संरक्षण हुने गरी अभाष महसुस गर्छन् स्थानीयवासी । घटना धार्मिक क्रियाकलाप मात्रै नभई बलात्कारसहित हिँसात्मक प्रशयले त्यस टोलवासी आतंकीत छन् । जसको लाठी उसैको भैँसी अर्थात कानुनी राज्यको उपहास भएको स्थानीयवासी नाम नबताउँने शर्तमा घरबाट एक एक जना निस्किएर गुनासो पोख्छन् । आजभोली यौन दुव्र्यवहारको घटना भएको एक साताबढी वित्यो । तर, ईलाका प्रहरी कार्यालय लहानले त्यहाँका पीडितको उजुरी दर्ता गरेका छैन । एक १५ बर्षीया पीडित बालिकालाई स्थानीय लाल अन्सारीको छोरा बर्ष १७ का आशिक अन्सारीले यौन दुव्र्यवहार गरेको छ । बर्षोदेखि पीडित बालिकालाई विभिन्न आर्थिक तथा मोबाइल प्रलोभन दिई जबरजस्ती करणीको प्रयास गर्दै आएका थिए । पीडित बालिका आर्थिक तथा मोबाइल अस्वीकार गरेपछि मार्ने धम्की दिएका थिए । पीडित बालिकाले आफ्ना घरपरिवारलाई घटनावारे जानकारी गराउँदा आशिक अन्सारीले मंसिर ६ गते माछा फारम नजिककै जबरजस्ती यौन दुव्र्यवहार गरेको छ । बालिकाको मंसिर ६ गते जन्मदिनको कार्यक्रम थियो । साँझ केक खरिद गरी घर फर्किरहेकी बालिकामाथी यौन दुव्र्यवहार भएको हो । घटनापछि मंसिर ९ गते पीडितपक्षले लहान प्रहरीमा उजुरी दिएपनि हालसम्म उजुरी दर्ता गरिएको छैन ।

अर्कातीर आरोपित खुलारुपमा प्रहरी र टोलवासीलाई चुनौती दिँदै हिड्दैछन् । राती राती घरमै आएर पीडित बालिकालाई बलात्कार प्रयास तथा धम्काउँने गर्छन् । घटनावारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा.तपन दहालले उजुरी आएको छ । अपराधीलाई खोजी गर्ने कार्य भइरहेको दावी गर्छन् । त्यस बस्तीमा १५—१८ घरधुरी छन् । पटक पटक यस्ता घटना दोहोरिने गरेको छ । यसअघि एक जनप्रतिनिधिले बलात्कार प्रयास तथा कुटपिट गरी एक महिलालाई यातना दिएका थिए । धार्मिक समस्या समेत गर्दै आएको छ भने साना साना घटनाको विवरण सार्वजनिक नभएर त्यहाँका टोलवासी आतंकीत बनेको छ । शान्ति सुरक्षाको अभावमा त्यस टोलका एक परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहा सेवा समाज कतार ...

रहमुल लहान, ३ जेठ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा सामाजिक उत्तरदायित्व निर्व ...

विद्यालय सुधार योजना ...

रहमुल लहान जेठ ३ । नवराजपुर गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक तथा ...

लहानमा विद्यार्थीहरू ...

ओम प्रकाश यादव लहान, ३ जेठ । सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१