कल्याणपुर न.पा.को निती तथा आय, व्यय र बजेट सार्वजनिक

  • मंसिर १६, २०७८
  • १५११ पटक पढिएको
  • संजय महरा
alt

सिरहा ÷मंसिर १६ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति,योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।बिनियोजित बजेटमा आर्थिक वर्ष २०७८÷०७९मा सबै भन्दा बढी भौतिक निर्माण कार्यक्रममा बढी प्राथमिकता दिदै वडावाट छानिएका तथा सिफारिस भइ आएका वडास्तरीय योजना तथा कार्यक्रमको लागि १५ करोड ६९ लाख ६ हजार बिनियोजित गरिएको छ भने स्थानीय सडक,कृषि सडक,ग्रामिण सडक निर्माण मर्मत सम्भार तथा ग्राभेलको साथै पक्की सडक निर्माण बाटोको लागि ६ करोड २८ लाख ५० हजार विनियोजित गरिएको कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए ।
त्यसै गरि शैक्षिक सुधार कार्यक्रमहरुको लागि ६० लाख,स्वास्थ्य क्षेत्रमा औषधि तथा उपकरण खरिद गरि निःशुल्कः स्वास्थ्य सेवाका लागि ६० लाख,पोखरी निर्माण,प्राङ्करिक मल बितरण गहु बिउ बितरण तथा फल फूल खेतिको लागि ५५ लाख बिनियोजित गरिएको छ । पशु बिकासको लागि बिभिन्न कार्यक्रम गर्न ३० लाख ,महिला बिकास कार्यक्रम,अपाङ्गपरिचयपत्र,बाल संरक्षण तथा जन चेतनामूलक कार्यक्रम संचालनको लागि ५ लाख,लक्षित वर्गको कार्यक्रमको लागि ४० लाख,बिपद व्यवस्थापनकार्यका लागि ५० लाख,धर्म संस्कृति संरक्षणका लागि ५ लाख तथा खेलकूद कार्यक्रमका लागि ५ लाख विनियाजित गरिएको जनाएका छन् ।
यसरी नगरपालिकाको ०७८।७९ को अनुमानित आय तर्फ ,गत आ।व। को मौजदात,आन्तरीक स्रोत,संघ र प्रदेशवाट प्राप्त राजस्व,संघवाट बित्तिय समानिकरण अनुदान,प्रदेशवाट समानिकरण तथा संघ प्रदेशवाट समानिकरण,सुरक्षा कार्यक्रम,समपूरक अनुदान तथा मधेश स्मृद्घि कार्यक्रम र बिशेष अनुदान गरि ९१ करोड ३४ लाख ४९ हजार १४ रुपैया ५० पैसाको बजेट बिनियोजित भएको छ भन्ने व्यय तर्फ पुँजिगतमा नगर स्तरीय,वडा स्तरीय,चालु तर्फको खर्च,कार्यक्रमको खर्च,संघीय सशर्त अनुदानमा पूँजिगत र चालु खर्च,संघीय बिशेष अनुदान खर्च,प्रदेश बिशेष अनुदान खर्च,तराइ मधेश स्मृद्घि कार्यक्रम खर्च,समाजिक सुरक्षा तथा बालपोषण तथा खर्च हुन न सकेका फिर्ता रकम खर्च गरि विनियोजित वजेट कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले प्रस्तुत गरेको हुन् । कल्याणपुर नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा,सडक,स्वास्थ्य र कृषिमा रहेकोे बताए ।
भौतिक निर्माणमा बढी जोडः का.वा.मेयर यादब
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालयको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए । कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।
उत्त कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा कल्याणपुर नगरपालिका वडा नं।१ देखी १२ वडा सम्म का वडाअध्यक्ष मोतिवुल राइन,विभिन्न वडाका वडाअध्यक्षहरु,कल्याणपुर नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

लहानलाइ उपमहानगरपालि ...

बिरेन्द्र प्रसाद नेपाल लहान,बैशाख । देशकै ठुलो नगरपालिका भएकोले लहानलाइ उपमहानगरपालिका बनाउनुपर्ने ल ...

समुदाय - प्रहरी साझे ...

रहमुल लहान १० बैशाख । अस्ति ७ बैशाखमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ४ सखुवा अधारभुत बिधालयमा ह ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१