लहानमा प्रेमघात फिल्मको लागि अडिसन

  • मंसिर १५, २०७८
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १५ मंसिर । दीनाभद्री फिल्म प्रोडक्सन प्रालि लहान ७ ले भोजपुरी भाषाको प्रेमघात फिल्म निर्माण कार्य अघि बढाएको छ । महमुद आलमको निर्देशनमा प्रेमघात फिल्मको नयाँ कलाकारहरुको छनौटको लागि मंसिर २१ गतेभित्र आवेदन फारम भर्न आव्हान गरिएको छ । नेपाली कलाकारसहित भारतीय नायिकाहरुको समेत यस फिल्ममा मुख्य भूमिका रहने फिल्म निर्माता दिपेन्द्र ठाकुरले जानकारी दिएका छन् । मंसिर २१ देखि २३ गतेसम्म सो फिल्मको लागि कलाकारहरुलाई अडिसन लिने भएको छ । अडिसन विहान १० देखि ३ बजेसम्म हुने भएको छ । अडिसनको लागि लहान ७ स्थित रहेको श्री लक्ष्मी गेष्ट हाउसमा हुने बताएको छ । प्रेम, मनोरञ्जन, फाइट एक्सनसहितको निर्माण हुन गइरहेको सो फिल्मका फाइट मास्टर प्रदीप खडका रहने भएको छ । करिब ५० लाखको लागतमा निर्माण हुन गइरहेको प्रेमघात फिल्मलाई आधा दर्जन भाषामा डबिँग गरिने फिल्मका निर्देशक आलमले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१