अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र बहराइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ । अर्को वर्ष यसै समयमा फिफा विश्वकप आयोजना हुनेभएकाले पनि यो प्रतियोगितालाई विश्वकपको पुर्व तयारीको रुपमा हेरिएको छ ।प्रतियोगिताको इतिहास सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो । त्यसयता ११ पटक आयोजना भएको प्रतियोगिता सबैभन्दा धेरै इराकले ४ पटक जितेको छ । त्यस्तै साउदी अरेबियाले दुई र टुनिसिया मोरोक्को र इजिप्टले एक एक पटक जितेको छ । सन् २०१२ यता विभिन्न कारणले प्रतियोगिता आयोजना भएको थिएन । यसपालि फिफाको ब्रान्डिङमा पहिलो फिफा अरब कप कतारले आयोजना गर्न लागेको हो । जम्मा २३ अरब देशबाट फिफा वरियताको आधारमा नौ देश सिधै प्रतियोगितामा छनौट भएका थिए । १४ मध्ये छनौट चरणको आधारमा बाँकि ७ देशले प्रतियोगितामा स्थान बनाए । सहभागी टिम ( गत अप्रिलमा गरिएको फिफा वरियताको आधारमा) समूह ए १. कतार ( ५८ ) २. इराक (६८) ३. ओमान (८०) ४. बहराइन (९९)समूह बी १. टुनिसिया (२६) २. युएई (७३) ३. सिरिया (७९) ४. मौरिसनिया (१०१) समूह सी १. मोरोक्को ( ३४) २.साउदी अरेबिया (६५) ३. जोर्डन (९५) ४. प्यालेस्टाइन (१११) समूह डी १. अल्जेरिया (३३) २. इजिप्ट ( ४६ ) ३. लेबनान (९३) ४. सुडान (१२३)प्रतियोगिता आयोजना हुने रंगशाला १. अल बायत रंगशाला , अल खोर(६० हजार सिट क्षमता) २. स्टेडियम ९७४ , दोहा ( ४० हजार सिट क्षमता) ३. अह्मद बिन अलि रंगशाला , अल रय्यान (४० हजार सिट क्षमता) ४. अल जनौब रंगशाला ,अल वक्रा (४० हजार सिट क्षमता) ५. अल थुमामा, अल थुमामा (४० हजार सिट क्षमता) ६. एजुकेसन सिटी रंगशाला ,एजुकेसन सिटी (४० हजार सिट क्षमता) टिकट अरब कप प्रतियोगिता हेर्न टिकट अनलाइन र विभिन्न स्थानमा राखिएको काउन्टर बाट खरिद गर्न सकिनेछ । टिकट खरिद गर्न कोभिड १९ विरुद्धको दुबै डाेज खोप लगाएको हुनुपर्छ । टिकट संगै फ्यान आईडी पनि सोही स्थानमा पाईन्छ । रंगशाला प्रवेश गर्न फ्यान आईडी अनिवार्य रहेको छ । अनलाइन मार्फत : fifa.com/tickets फ्यान आईडी : https://fac21.qa/ काउन्टर मार्फत : बिहान १० देखि बेलुका १० (अन्य दिन) र दिउँसो २ देखि बेलुका १० बजे सम्म (शुक्रबार ) कतारा कल्चरल भिलेज – स्ट्रिट २१ मिशरिब डाउनटाउन – कहराबा स्ट्रिट दोहा एक्जिबिसन सेन्टर भिलाजियो मल मल अफ कतार दोहा फेस्टिभल सिटी
प्रतिक्रिया दिनुहोस
भगवानपुर सबस्टेसन बाट विद्युत् आपूर्तिमा बारम्बार अवरोध, कमसल उपकरण र हस्तान्तरण नहुँदा स्थानीय आक्रोशित
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic