उर्जाशिल र जुझारु चर्चित पत्रकार साहको जिल्ला सदस्यमा उम्मेदवारी

  • मंसिर १२, २०७८
  • ७०८ पटक पढिएको
  • रामएकवाल राम
alt

बिराटनगर – उनको आफ्नो गतिलो घर छैन् , तर उनी दीन दुखीको घर बनाउने अभियानमा जुट्छन् । नियमित आम्दानी भएका जागिरे पनि होइनन् । तर, मृत्यु सैय्यामा पुगेका सयौ बिरामीलाई नयाँ जीवनं दिन उपचार खर्च जुटाउँछन् । पेशाले पत्रकार भए पनि उनी अहोरात्र सामाजिक काममा हुन्छन् ।आफ्नो गोजीमा बिहानको खाना र दिउँसोको खाजा खर्च नहुँदा पनि उनी विपन्न र दुखीको सेवामा जुट्छन् । उनै श्रमजीवी बीरेन्द्रकुमार साह यतिबेला मोरङ कांग्रेसको जिल्ला सदस्यको उम्मेद्वार बनेका छन् । उमेरले भरखर २४ वर्ष पुगेका साह मोरङको सुनवर्षी–२ सुँगा बजारका स्थायी बासिन्दा हुन् ।बिराटनगरसँग उनको पत्रकारिताको नाता छ । नभए उनी सधैं गाउँघर मै भेटिन्थे । गाउँमा बाढी पस्दा उनी एकहातमा छाता र अर्को हातमा माइक्रोफोन बोकेर बाढीबाटै प्रत्यक्ष प्रशारणमा आउँछन् ।

समाजमा स्थापित पत्रकार मात्र होइन, उनले सामाजिक कार्यकर्ताको भूमिका पनि उत्तिकै निर्वाह गरेका छन् । बिराटनगरबाट २७ किलोमिटर पूर्वमा उनको गाउँ छ । सातामा दुई पटक सम्म गाउँ पुग्ने बीरेन्द्र पत्रकारितामा आएको एक दशक पुग्नै लाग्यो । काठमाडौंका ‘मेन स्ट्रिम’का मिडियामा काम गरेपनि उनले आफ्ना लागि न घर बनाउन सकेका छन् । न एउटा मोटरसाइकल जोड्न सकेका छन् । भन्छन्–तलव पारिश्रमिक सबै सोसल काममा सकिन्छ । नेविसङ्घको राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका साह नेपाल पत्रकार महासङ्घ मोरङका निर्वाचित जिल्ला सदस्य हुन् । पत्रकारले राजनीति गर्नु हुन्न भन्ने साहलाई थाहा छ । उनले भने– एउटा पत्रकार बिचार बिनाको हुँदैन । कोही कांग्रेस हुन्छ, कोही कम्युनिष्ट, कोही अरु कुनै दल वा आस्थासँग नजिक हुन्छ । पत्रकारले समाचार लेख्दा पार्टीको आस्थासँग जोडिनु हुँदैन। आस्थालाई अलि पर राखेर ल्यापटप खोल्नु पर्छ । उनले आफ्नो पत्रकारिता आजका मितिसम्म निष्पक्ष भएको दाबी गरे ।

साहले आफै अध्यक्ष भएर हिपमत मिडिया प्रालि सञ्चालन गरेका छन् । बिराटनगरमा कार्यालय रहेको मिडियामा ६ जना श्रमजीवी कार्यरत छन् । सानो कदका भएपनि वीरेन्द्रको सामाजिक उचाई कुनै प्रतिष्ठित ब्यक्तिको भन्दा कम छैन् । उनी भन्छन्–मोरङ कांगे्रसको सदस्य बने भने पार्टीका सबै उम्मेद्वारलाई जिताउने छु । म एजेण्डा सहित आएको छु । बिगतमा जितेका अग्रजहरूले के के गर्नुभयो । के गर्ने योजनाका साथ पुन नेतृत्वमा आउन चाहनु भएको हो ? त्यो प्रष्ट छैन् । उनले कोभिडको बेला गाउँघरमा कांग्रेसलाई खोज्नु परेको तीतो अनुभव सुनाए । पैसा र पावरले पार्टी सञ्चालन गर्ने बिरुद्ध आफ्नो उम्मेद्वारी भएको दाबी गर्दै उनले भने निष्ठाको राजनीतिलाई संस्थागत गर्न उम्मेद्वार बनेको हुँ । इनेपाल पत्रबाट साभार

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१