Siraha Times
ताजा समाचार

लक्ष्मीनगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन

  • मंसिर ९, २०७८
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्रा, कृष्णनगर, मंसिर ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा आज इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन सम्पन्न भएको छ l उक्त टूर्नामेंट उद्धघाटन कार्यक्रम मिर्जा राशिद वेगको अध्यक्षता प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिव प्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, अतिथिमा मुशताक अहमद खां, नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष साजिद अलि मुसलमान, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्या, उपाध्यक्ष मेहताब आलम, इम्बार्क इन्टरनेशनल का प्रबंधक मनिराम कहार, दुख्खी मुसलमान, समसुद्दिन, अजय धोबी, अहमद रजा (बब्लू), मतिउल्ला खां लगायत रहनुभयोl कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेलकूद ले व्यक्तिमा एकताको भावना जागृत गरि युवाहरु लाई भबिस्य मा अगाडि बढ्न प्रेरणा समेत दिने गरेको बताउनुभयोl खेलकूद बाट व्यक्तिको शारीरिक, मानसिक, सामुहिक भावना, सकारात्मक प्रतिस्पर्धा को विकास भइ व्यक्ति अनुसासित हुने गरेको इण्डो नेपाल क्रिकेट टूर्नामेंट लक्ष्मी नगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य एवं उद्योगी मिर्जा राशिद वेग ले बताउनुभयो l आज भएको खेलमा चार टिम बिच प्रतिस्पर्धा भएको थियो l पहिलो खेल हृदयनगर र कृष्णनगर दोस्रो खेल इम्बार्क इन्टरनेशनल र बढ्नी डिहवा बिच भएको थियो l जस्मा इम्बार्क इन्टरनेशनल र हृदयनगर टिम विजय भएको आयोजकले जनाएको छ l

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१