Siraha Times
ताजा समाचार

पत्नीको स्मृतिमा समाजसेवी चौधरीद्वारा फुटबल प्रतियोगिताको आयोजना

  • कार्तिक २३, २०७८
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र (बिरु) यादव लहान २३, कार्तिक । सिरहाको लहान नगरपालिका वडा नम्बर - १५ बानोमा सोमबार देखि प्रथम बानो गोल्डकप - २०७८ फुटवल प्रतियोगिता सुरु भएको छ । संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजना गरिएको प्रतियोगिताको नेपाली काङ्ग्रेसका प्रतिनिधि - सभा सदस्य पदम नारायण चौधरीले उदघाटन गरेको थियो । प्रतियोगितामा सिरहा , सप्तरी , सिन्धुली , धनुषा , उदयपुर लगायतका ९ वटा टिमहरुको सहभगिता रहेको आयोजक बानो फुटवल कल्बले जनाएको छ । गोल्डकपको प्रथम पुरस्कार ५० हजार , दृत्य पुरस्कार ३० हजार लगायत खेल खेल्न आउने खेलाडीहरुको सम्पूर्ण खर्च (सुविधा ) समाजसेवी महेश चौधरीले ब्यहोर्ने भएको छ । श्रीमति संगिता कर्माचार्यको सम्झनामा संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा खेलकुद प्रतियोगिताको आयोजना गरेको समाजसेवी महेश चौधरीले बताउनुभयो । २०७८ जेठ २२ गते मेरो श्रीमती संगिता कर्माचार्यको कोरोनाको कारण अकालमा मृत्यु भएको छ , सम्झना स्वरुप प्रत्येक महिनाको २२ गते समाजिक कामगर्ने प्रतिबद्धता गरे अनुरूप खेलकुद प्रतियोगिता संचालन गरेको र यस प्रतियोगितामा मेरो ब्यक्तिगत तर्फबाट लाखौ खर्च भएको उनले सुनाए ।

त्यस्तै प्रमुख अतिथीको रुपमा खेलको उदघाटन गर्न आएका प्रतिनिधि - सभा सदस्य तथा पुर्व उधोग राज्यमन्त्री पदम नारायण चौधरीले महेश चौधरीले आज सम्म गरेको समाजिक कार्यहरु प्रसंसनिय योग्य भएको बताउनु भएको छ । उहाँ र निजको श्रीमती कर्माचार्यले समाजप्रती गरेको योगदानबाट सम्पन्न वर्गले पाठ सिक्नुपर्ने प्रतिनिधि - सभा सदस्य चौधरीको भनाई रहेको थियो । कोविडको महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिपन्न परिवारलाई राहत बाड्दा बाडदै कोरोनाको कारण उपचारको क्रममा भापाको बिएनसि अस्पतालमा ज्यान गुमाएकी कर्माचार्य प्रती एक मिनेट समारोहमा उपस्थित खेलाडी लगायत सबैले मौन धारण गरेका थिए । पहिलो दिनको खेलमा दुधौली एकता एफसी सिन्धुलीले २ गोलको फरक अन्तरले बिजय भएको छ । ४० मिनेट भएको खेलमा लहान एफसी लहान सिरहाले शुन्य अन्कको अन्तरले पराजित भएको थियो । उदघाट समहरोहमा समाजसेवी तथा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य महेश चौधरी , नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अच्छ्मित लाल चौधरी , वडा नम्बर - १५ का वडा अध्यक्ष तेजनारायण चौधरी , समाजसेवी बिरेन्द्र चौधरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१