Siraha Times
ताजा समाचार

लहानमा खुशी जागरुक युवा क्लबद्धारा क्रिकेट टूर्नामेन्ट सुरु

लहान ३ मा ६ दिने क्रिकेट टूर्नामेन्ट सुरु

  • कार्तिक ११, २०७८
  • १३५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ११ कार्तिक- युवाहरूको चाहनालाई उतसाहित गर्दै खुशी जागरुक युवा क्लब लहानले क्रिकेट टूर्नामेन्टको आयोजना गरेको छ।सिरहाको लहान नगरपालिका ३ पुरानो बसपार्कमा खेल सुरु गरेको हो। सुभदिपावली तथा छठ पर्वको अबसरको मध्य नजर गर्दै खेल संचालन गरेको हो।स्वास्थयको लागी खेलकुद मुलनाराको साथ कार्यक्रम आयोजना गरेको हो। खुशी जागरुक युवा क्लब लहानले सामाजिक कार्यमा निकै भुमिका खेल्ने गरेको कल्बको अध्यक्ष नारायण महतोले बताए। नयाँ पुस्तालाई उकास्न संस्थाले अहम भुमिका खेलीरहेको अध्यक्ष महतोले बताए।

Open photo

प्रत्येक बर्ष यस्ता खेलहरुलाई संस्थाले प्रमोट गर्दै आएका छन्। समाज परिवर्तनमा अवाज बन्दै गरेका देखिन्छ। मानव अधिकारकर्मी चन्द्र नारायण कुशवाहाले उदघाटन कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि कुशवाहाले खेल भनेको जिबन उपयोगी नै भएको उनले बताए। खेल संगै शारीरिक ब्याम पनि हुने गरेको खेल हामी सबै लाई खेल्नु पर्छ जोड दिनु भएको थियोे। प्रमुख अतिथि कुशवाहाले पहिलो खेल खेल्दै उदघाटन गरेका थिए।कुशवाहाले बाईटीङ्ग गरेका थिए भने सम्बन्धित वडाका निर्वाचित सदस्य राजा राम महतोले बलिङ्ग गर्दै खेलका उदघाटन गरेका थिए।

Open photo

बिशिस्ट अतिथि लहान ३ का अध्यक्ष रामदयाल महतो, ,अतिथिहरुमा राजा राम महतो,समाज सेबी,रामलगन चौधरी, जसपा प्रतयासी फनिलाल महतो,नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका केन्द्रिय अध्यक्ष मुकेश महतो,पत्रकार फिरोज शेख,महेश सिंह,संजय बिश्वकर्मा लगायत अतिथिहरुको उपस्थिति रहेको थियोे।खेल हेर्न सयौं ब्यक्तीहरुको सहभागीता रहेको कल्बका सल्लाहकार श्यामसुन्दर महतो जानकारी दिनु भयो। उक्त खेलमा जम्मा १६ वटा टिमले भागलिन नाम दर्ता गराएका छ्न। प्रथम दिनको खेलमा RRCC युवा कल्ब लहान ३ र श्री लक्ष्मीनारायण भगवती युवा क्रिकेट  युवाकल्ब नहराले मैदानमा सहभागी भई प्रतिस्पर्धामा आएका छन्।

Open photo

खेल ६ दिन सम्म चल्ने आयोजकले बताए। खेलमा प्रथम हुने कल्बलाई १५ हजार नगद सिल्ड र प्रमाण पत्र र दृत्य हुनेलाई नगर ८ हजार सिल्ड प्रमाण पत्र सहित बधाई सहित धन्यवाद दिने छ।खेलको फाईनल दिन सलो साईकल रेस ,मटका फोर कार्यक्रम हुने बताए । प्रथम, दोश्रो र तेस्रो हुने लाई एक- एक थान साइकल पुरस्कार सोरुप दिने कल्ब्का अध्यक्षले बताए।मटका फोर कार्यक्रममा प्रथम हुनेलाई आयोजक कल्बका निर्णय अनुसार पुरस्कार दिने निर्णय गरेका हुन्। कल्बका सल्लाहकार श्यामसुन्दर महतोले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुर सबस्टेसन बा ...

रहमुल,लहान १ साउन । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको भगवानपुर सब ...

दैनिक ज्यालादारी कर् ...

रामअधार यादव, रौतहट, साउन १  । पूर्वाधार विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा दैनिक ज ...

अनुदान भुक्तानीमा सह ...

रामअधार यादव, रौतहट, १ साउन । सरकारी उखु अनुदान रकम भुक्तानीमा भएको ढिलाइपछि आन्दोलनमा उत्रिएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१