अरब कपको लागि अन्तिम चरणको टिकट बिक्री सुरु

  • कार्तिक १०, २०७८
  • ८७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

फिफा अरब कप २०२१ का लागि अन्तिम चरणको टिकट बिक्री हिजो बाट सुरु भएको छ । विश्वकप सुरु हुन ठिक एक वर्ष बाकी हुँदा अरब कप यसै वर्षको नोभेम्बर र डिसेम्बर महिनामा कतारले आयोजना गर्दैछ । प्रतियोगितामा आयोजक कतार सहित १६ राष्ट्रले सहभागिता जनाउने छन् । नोभेम्बर ३० मा हुने प्रतियोगिताको पहिलो खेलमा अल बायत रंगशालाको उद्घाटनसंगै कतारले बहराइनको सामना गर्नेछ । सोही रंगशालामा कतारको राष्ट्रिय दिवसको अवसर पारेर प्रतियोगिताको समापन हुनेछ । सोही दिन युएई विरुद्ध सिरियाको खेल हुने रस अबु अबौद रंगशालाको पनि उद्घाटन हुँदैछ । २०२२ विश्वकपका लागि निर्माण हुने आठ रंगशाला मध्ये प्रतियोगिता अल बायत , अल थुमामा,अह्मद बिन अलि, एजुकेसन सिटी ,रस अबु अबौद र अल जनौब रंगशाला गरि जम्मा ६ रंगशालामा खेलहरु सन्चालन हुनेछन् ।

टिकट कसरी लिने ?

प्रतियोगिताको लागि अन्तिम चरणको टिकट हिजो २५ अक्टोबर देखि प्रतियोगिताको अन्त्य सम्मका लागि खुला गरिएको छ । भिसा कार्ड प्रयोगकर्ताले टिकट फिफाको वेबसाईट  बाट खरिद गर्नुपर्नेछ । त्यस्तै नोभेम्बर दोस्रो हप्ता देखि प्रतियोगिताको टिकट दोहा एग्जिबिसन सेन्टर ,अल कास्सर मेट्राे स्टेशन बाट खरिद गर्न सकिनेछ । टिकट खरिद गरिसकेपछि अनिवार्य फ्यान आईडी बनाउनुपर्नेछ । फ्यान आईडी fac21.qa मा अनलाइन निवेदन दिएर सजिलै संग बनाउन सकिनेछ । टिकटको मुल्य २५ रियाल देखि २४५ रियाल बिच रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

लहानका थारु बस्तीमा ...

रहमुल, लहान १ माघ । थारु सम्वत् २६४९ तथा तिल्ला सङ्क्रान्ति महोत्सव २०८२ को अवसरमा सिरहाको लहान नगरप ...

११ औँ माघी मेला महोत ...

रासिन्द्र यादव ,लहान माघ ०१ । थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई उजागर गर्ने उद ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१