Siraha Times
ताजा समाचार

नयाँ बानेश्वरस्थित व्यस्त सडकमा करिब १५ फिट गहिरो खाल्डो

  • कार्तिक ८, २०७८
  • ८८५ पटक पढिएको
  • रामएकवाल राम
alt

जितेश मण्डल कार्तिक ८ / काठमाडाैं:नयाँ बानेश्वरस्थित व्यस्त सडकमा करिब १५ फिट गहिराे खाल्डाे देखिएकाे छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वरका अनुसार बिहान करिब ५ बजे कसैले फाेन गरेर सडक भत्किएकाे समाचार सुनाएलगतै प्रहरीले गरेकाे निरीक्षणमा सडकमा गहिराे खाल्डाे देखिएकाे थियाे ।राजनीतिकाे मात्र नभइ सर्वसाधारणकाे पनि दैनिक भीड भइरहने उक्त स्थानमा सडक भत्किएर भ्वाङ परेकाे समाचारले प्रहरी पनि अचम्मित भइरहेकाे थियाे । तर ट्राफिक प्रहरी तत्काल सवारी व्यवस्थापनमा जुटेकाे र उक्त स्थानलाई हाइ अलर्टमा राखिएकाे प्रहरी प्रभाग काेटेश्वरकाे भनाइ छ । प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार खाल्डो परेको ठाउँमा घेरा हालेर सवारी आवागमन सुचारू गरिएकाे थियाे । समयमै सूचना प्राप्त गरेकाले दुर्घटना हुनबाट बचाउन सकिएकाे उहाँकाे भनाइ छ ।

खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको थियो। देवकोटाका अनुसार शुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। यो सडक काठमाडौं सडक डिभिजन कार्यालय मातहत भएकाले ट्राफिक प्रहरीले सडक विभागमा जानकारी पठाएकाे देवकाेटा बताउनुहुन्छ । १० बजेपछि डिभिजन सडकको टोली उक्त स्थल पुगेर खाल्डाे परेकाे भागमा स्काभेटरकाे सहायताले खन्दा भ्वाङकाे आकार बढेकाे र मंगालका कारण भ्वाङ परेकाे तथ्य भेटिएकाे देवकोटाले बताउनुभयाे ।'याे खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंकालले गर्दा भएको देखिएको छ', देवकोटाले भन्नुभयाे, ‘ढलले शुरूमा मंकाल फुटाएको देखिन्छ, मंकालबाट ढल लिकेज भएपछि सडक भित्रको माटो गलाएर खाल्डो बनेको देखिन्छ ।' उहाँका अनुसार प्रतिनिधि सभा भवनबाट आएकाे ढलका कारण भ्वाङ परेकाे र भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको छ । अहिले भ्वाङ परेकाे स्थानकाे पिच हटाउने काम भइरहेकाे छ । पिच हटाइसकेपछि विज्ञकाे परामर्शमा केकसरी उक्त स्थलकाे निर्माण र व्यवस्थापन गर्न सकिन्छ भनेर यकिन गर्न सकिने निरीक्षक देवकाेटाले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१