Siraha Times
ताजा समाचार

क्रिकेट टुर्नामेन्ट खेल उद्घाटन, पहिलो खेलमा गणेशपुर टीम विजयी

  • असोज १९, २०७८
  • १०२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत कपिलवस्तुको विजयनगर गाउँपालिकामा सोमबार क्रिकेट टुर्नामेन्ट खेल प्रतियोगिताको उद्घाटन गरिएको छ । शिवम युवा क्लबको आयोजनामा गाउँपालिकाको वडा नं ३ महादेइयामा क्रिकेट टुर्नामेन्ट खेलको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं ३ का वडाध्यक्ष बुद्धिराम अर्यालले टुर्नामेन्ट खेलको उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बुद्धिराम अर्यालले युवालाई खेलकुदका क्रियाकलापमा लाग्नुपर्ने बताउनुभयो । खेलकूदले खेलाडीको शारीरिक, मानसिक, बौद्धिक रूपमा चौतर्फी विकासमा महत्त्वपुण भुमिका निर्वाह गरिरहेकोले युवालाई खेलकूदमा प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलाडी देशका गहना हुन् भन्दै आफ्नो गाउँठाँउ, जिल्ला, देशलाई अन्तरास्ट्रिय स्तरमा खेलकूदका माध्यमबाट आफ्नो र देशको उच्च नाम र गरिमा बढाउन सक्ने अर्यालले जानकारी दिनुभयो ।

हृदयनगर र गणेशपुर टीम वीच सोमबार भएको खेलमा गणेशपुर विजयी भएको शिवम युवा क्लबका अध्यक्ष सुनिल पााण्डेले जानकारी दिनुभयो । क्रिकेट टुर्नामेन्ट खेल प्रतियोगितामा प्रथम हुने विजेतालाई ११ हजार नगद र प्रमाण पत्र र दोस्रो हुने समुहलाई ५ हजार नगद र प्रमाण पत्र प्रदान बीके चौधरी बताउनुभयो । क्रिकेट टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीमले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१