Siraha Times
ताजा समाचार

ट्राफिक प्रहरी पोष्ट कदमाहाका ईन्चार्ज समत लाल साहको कर्तुतका कारण स्थानीय हैरान

  • असोज १७, २०७८
  • ९६२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । असोज १७ गते। सप्तरीको सुरुङ्गा नगरपालिका नजदिकमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा ईन्चार्ज सव इन्स्पेकटर (स.ई) समत लाल साहलाई कार्वाही हुनुपर्छ एक स्थानीयले गोप्य नाम राखी जानकारी गराउनु भएको छ।उनका यस किसिमको कर्तुतका कारणले जनता हैरान रहेको खवर छ। इन्चार्ज स.ई ले सवारी वाहकसित अभद्र व्यवहार , स्थानीयलाई हेप्नु , अमानवीय क्रियाकलापका कारण स्थानीय हैरान रहेको देखिन्छ ।उनका यस किसिमको कर्तुतका कारणले जनता हैरान रहेको खवर छ। ट्राफिक स.ई साहले सवारी चालकसित अनेकौ बाहाना बनाई असुली गरिरहेको देखिन्छ । यी र यस्ता श्रङ्खलाबद्भ तरिकाबाट गरिएको असुली रोक्न सरोकारवाला निकायलाई स्थानीयले जोडदार मांग गरेका छन। साहलाई मात्र बाहाना चाहियो , नत्र सबै सर्वसाधारणलाई वाक्क लागिएको देखिन्छन् । स्थानीयले पुर्व पश्चिम राजमार्गमा साधारण धान , चामल ओसारपसार गर्दा पनि बाहाना खोज्ने गरेको जानकारी प्राप्त भएको छ। ट्राफिक प्रहरी समत लाल साह काम कम र कुरा बढी दिने गरेको अनुमान लगाउन सकिन्छ । मेलाका दिन आवतजावत सहज हुनु स्वभाविक हो , तर पनि मेलाका दिन नसोचेसम्मकालाई कार्वाही गर्नु कतिको जायज हो । यी कार्यहरुले गर्दा जनता वाक्क भई सप्तरीबाट सरुवा हुन एक युवकले साहसंग आग्रह समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१