Siraha Times
ताजा समाचार

सिरहाको सखुवानान्कारकटी गा.पा.मा किसान परिचयपत्र वितरण

किसानकोहक हितमा प्रदेश न.२ कै नमुनाकाम गरेको छु: गा.पा.अध्यक्ष यादव

  • असोज १६, २०७८
  • १२५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १७ असोज- सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा किसान परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नम्बर २ मै किसानको हकमा पहिलो र नमुना काम गरेको गाउँपालीका अध्यक्ष केदार यादवले बताए। परिचयपत्र वितरण तथा सेवा सुबिधा उपलब्धताको अबधारणा र अभ्यासको कार्यक्रम सम्पन्न गरेको छ। कृषि ऐन २०७७को परिच्छेद ३को दफा ५ ले ब्यवस्था गरे बमोजिम गाउँपालीकाले कार्यविधि बनाई लागु गरेका छन्।

Open Photo

उक्त वर्गीकरण सहितको कार्यक्रममा गाउँपालीकाका भित्रका करिब २५ जना किसानहरुलाई सम्मान सहित किसान परिचयपत्र वितरण गरेका छन्। गापा अध्यक्ष केदार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश सांसद अशोक कुमार यादव रहनु भएको थियो।किसानहरुलाई अग्रसर गराउने उदेश्यले गाउँपालीकाले करार खेतीयोग्य जग्गा उपलब्ध गरि खेती करारखेती गर्न प्रमोट गरेका हुन्। नेपालको संविधान २०७२ बमोजिम खाद्य सम्प्रभुताको हकको संरक्षण एवं खाद्य अधिकार तथा खाद्य संप्रभुता ऐन २०७५मा उल्लेख अनुसार किसानको हक हित संरक्षण सम्बर्द्धन गर्दै किसानको पहिचान, वर्गीकरण गरि परिचयपत्र वितरण गरेका छन्।

Open Photo

सरकारको योगदानमा आधारित समाजिक सुरक्षा योजनामा किसानको पहुँच स्थापना गर्नको लागी राष्ट्रिय कृषक समुह महासंघ नेपाल स्थानीय सरकार र स्रोत साझेदार संस्था केयर नेपालको सहकार्यमा उक्त नमुना बिकास र बिस्तारको कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत राम किशोर महतोले स्वागत मन्तव्य राख्दै किसानहरुको हितको लागी अन उत्पादन गर्ने किसानको सहमातीमा मुल्य निर्धारण गर्नु पर्ने बताउदै किसानको अधिकार् प्राप्त र सिद्ध गर्न सखुवानान्कारकटी गाउँपालिकामा उक्त कार्यक्रमको आयोजना गरेको उनले मन्तब्य दिएका थिए।

Open Photo

किसानहरुको क्षेमता र अधिकार ,पहिचान र वर्गीकरण गरि किसान परिचय पत्र वितरण गर्ने कार्य गरेको हो । सबै किसानलाई पहिचान गरी करिब ४५ सय घर धुरी गाउँपालीकामा किसानको बस्ती रहेका छन्। स्थानीय सरकारले सेवा प्रवाह गरी वर्गीकरण पहिचान गरे कृषि मजदुरलाई भुमिहीन पछाडी परेको किसानलाई अगाडी ल्याउने गाउँपालीका प्रमुख प्रसास्किय अधिकृत राम किसोर महतोले जानकारी दिनु भयो। उक्त कार्यक्रममा राष्ट्रिय कृषक महासंघका पदाअधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको राम सेवक रामले जानकारी दिनु भयो।

 

 

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१