ताजा समाचार

भारतीय सवारी साधन नेपाल आउने

  • असोज १५, २०७८
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर अठार महिनादेखि नेपालमा रोक लगाइएका भारतीय सवारी साधन भन्सार महसुल बुझाएर आउन पाउने भएका छन्। यो सुविधा शुक्रबारदेखि भारतीय यातायात व्यवसायीले पाउने भएका हुन्। कोभिड-१९ को पहिलो लहर २०७६ साल चैत १ गतेदेखि नेपाल-भारत सीमा पानीट्यांकी नाकाबाट अत्यावश्यकबाहेक भारतीय सवारी साधन नेपाल प्रवेश गर्न पाएका थिएनन्। यो नियम दुबै देशहरूका अधिकारीले १८ महिनादेखि पालना गरेका थिए। भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार महसुल बुझाएर निर्वाध रुपमा नेपालमा घुम्न पाउने मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ। भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यापार चौपट भएको भन्दै यसमा अब भन्सार मात्र बाधक देखिएको छ । सिमाना खोलेर भारतीय पर्यटकहरुलाई सहज रुपमा आवतजावत गर्ने वातावरणको सृजना गर्न होटेल तथा पर्यटन ब्यवसायी संघ, पर्साले आवाज उठाउँदै आएको छ l

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤