लहान : समाजसेवी चौधरीद्वारा मेलाको उदघाटन

  • असोज १३, २०७८
  • १०१६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३, असोज । सिरहाको लहान नगरपालिका वडा नम्बर - २ मिलन चौकमा भव्य रुपमा जितमहान मेलाको आयोजना गरिएको छ । मेलाको हिजो साझ समाजसेवी महेश चौधरीले उदघाटन गरेका थिए । मेलाका लागि समाजसेवी चौधरीले नगद रु २५ हजार सहयोग गरेको मेला समिती अध्यक्ष भुपेन्द्र यादवले बताए । संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा उक्त सहयोग गरेको समाजसेवी चौधरीले बताएका छन् । वडा नम्बर - २ का वडा अध्यक्ष सियाराम यादव स्थानिय अगुवा मनोजकुमार यादव लगायतका बुद्धिजिवि , भद्रभलादमीहरुको उपस्थितीमा मेलाको उदघाटन गरिएको थियो । मिलन चौकमा बिगत १५ बर्ष देखि निरन्तर रुपले जितमहान मेला आयोजना भैरहेको छ ।

यसपालिको मेलामा लालबाबु महतोले मुर्ती सहयोग गरेको छ , भने सियाराम यादव ( टेन्ट ) र संजय चौधरीले (पुजा खर्च ) सहयोग गरेको स्थानीयले बताए । स्थानीय समुदाय र सहयोगी मनहरु सबैको सहयोगमा मेला आयोजना गरेको मेला समितिले जनाएको छ । लहान नगरपालिका मेयर साब मुन्नी साह संग पनि सहयोग माग्न गएको थिए, तर मेयरले ५ सय रुपैयाँ म मात्र दिन्छु भनेर भन्दा हामी रित्तै हात फर्केर आएको एक जना मेला समितिले भन्नुभयो । तर समाजसेवी चौधरीले हामिलाई एकै पल्टमा रु २५ हजार सहयोग गरेकोमा आफुहरु खुशी भएको छु,मेला समितिको भनाई छ । मेला हेर्न आउने भक्तजनका लागी मेला समितिले स्थानीय धर्म ,संस्कृती झल्काउने खालका `गोपिचन नाच´ को पनि व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१