Siraha Times
ताजा समाचार

लहान : समाजसेवी चौधरीद्वारा मेलाको उदघाटन

  • असोज १३, २०७८
  • ११२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १३, असोज । सिरहाको लहान नगरपालिका वडा नम्बर - २ मिलन चौकमा भव्य रुपमा जितमहान मेलाको आयोजना गरिएको छ । मेलाको हिजो साझ समाजसेवी महेश चौधरीले उदघाटन गरेका थिए । मेलाका लागि समाजसेवी चौधरीले नगद रु २५ हजार सहयोग गरेको मेला समिती अध्यक्ष भुपेन्द्र यादवले बताए । संगिता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा उक्त सहयोग गरेको समाजसेवी चौधरीले बताएका छन् । वडा नम्बर - २ का वडा अध्यक्ष सियाराम यादव स्थानिय अगुवा मनोजकुमार यादव लगायतका बुद्धिजिवि , भद्रभलादमीहरुको उपस्थितीमा मेलाको उदघाटन गरिएको थियो । मिलन चौकमा बिगत १५ बर्ष देखि निरन्तर रुपले जितमहान मेला आयोजना भैरहेको छ ।

यसपालिको मेलामा लालबाबु महतोले मुर्ती सहयोग गरेको छ , भने सियाराम यादव ( टेन्ट ) र संजय चौधरीले (पुजा खर्च ) सहयोग गरेको स्थानीयले बताए । स्थानीय समुदाय र सहयोगी मनहरु सबैको सहयोगमा मेला आयोजना गरेको मेला समितिले जनाएको छ । लहान नगरपालिका मेयर साब मुन्नी साह संग पनि सहयोग माग्न गएको थिए, तर मेयरले ५ सय रुपैयाँ म मात्र दिन्छु भनेर भन्दा हामी रित्तै हात फर्केर आएको एक जना मेला समितिले भन्नुभयो । तर समाजसेवी चौधरीले हामिलाई एकै पल्टमा रु २५ हजार सहयोग गरेकोमा आफुहरु खुशी भएको छु,मेला समितिको भनाई छ । मेला हेर्न आउने भक्तजनका लागी मेला समितिले स्थानीय धर्म ,संस्कृती झल्काउने खालका `गोपिचन नाच´ को पनि व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१