Siraha Times
ताजा समाचार

लहान ३ मा नागरिक अधिकार मञ्च गठन

  • असोज १०, २०७८
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, १० असोज । जनआवाजलाई बुलन्दीका साथ सत्यतथ्य सूचना सार्वजनिक गर्न लहान ३ मा वडास्तरीय नागरिक अधिकार मञ्च असोज ९ गते गठन गरेको छ । मो.सलाम अन्सारीका संयोजकत्वमा १५ सदस्य अधिकार मञ्च गठन भएको छ । सो समितिका सदस्यहरु विनोद साह, वैद्यनाथ पासमान, गंगानाथ झा, रिन्कुकुमारी महतो, विजयकुमार महतो, प्रमोदकुमार महतो, देवकुमार महतो, आशाराम कामैत, कपिलदेव कुशवाहा, बह्मदेव महतो, हेमशंकर कामैतलगायत १५ सदस्य समिति गठन गरिएको छ । सल्लाकारमा रामदयाल महतो, चन्द्रनारायण महतोलगायतका छन् । मधेश मिडिया मिशन नेपाल तथा नेपाल पत्रकार महासँघका केन्द्रीय परिषद सदस्य दिनेश्वर गुप्ता, नागरिक अधिकार मञ्च लहान सिरहाका अध्यक्ष मो.रहमुलका विशेष उपस्थितिमा सो समिति गठन भएको छ । यसैबीच महेशवारीमा असोज १२ गते नागरिक अधिकार मञ्च गठन गर्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१