Siraha Times
ताजा समाचार

मेयर मुनीले अधिकृत भुसाललाई गोटी बनाएर लहानमा व्यापक अनियमिता गरेको आरोप, चार दल सडक तताउँने

  • असोज ७, २०७८
  • ३८५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, ६ असोज । लहान नगरपालिकाका कार्यकारी अधिकृत खेमनन्द भुसाल मेयर मुनी साहका गोटी बनेर व्यापक अनियमिता गरेको आरोप छ । जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा माओवादी र एस समाजवादीका प्रतिनिधिहरुले यस्तो आरोप लगाएको छ । मेयर मुनि साह र अधिकृत भुसालको मिलोमतोमा लहान नगरपालिकाभित्र भौतिक निर्माण कार्यमा व्यापक अनियमिता गरेको चार दलीय गठबन्धनले यसको विरोधमा सडक तताउँने तयारीमा जुटेको छ । गठबन्धनले संयुक्त रुपमा बिज्ञप्ती जारी गरि मेयर साह र अधिकृत भुसालको विरोध गर्दै वडा बजेटमा गरिएको विभेदप्रति नगरस्तरीय जागरण अभियान चलाउँने नेपाली काँग्रेसका नगर अध्यक्ष सुनिल महतोले आक्रोश पोखे । जारी बिज्ञप्ती अनुसार अधिकृत भुसालले विगत २ वर्षदेखि नगरपालिकामा नागरिक प्रति उत्तरदायी नभई व्यापक भ्रष्टाचार तथा चरम अनियमितता गरिरहेको छ ।

कर्मचारी कुनै पक्ष विपक्षमा नलागी कानुन अनुसार कार्य गर्नुपर्नेमा भुसालले एकलौटी , एकपक्षीय किसिमले मेयरको गोटी बनेर गैरकानुनी कार्यहरु गरेको उल्लेख छ । उच्च आदालतको फैसलाविरुद्ध शिक्षकहरुको सरुवा गरेको, नेकपा एमाले बाहेक अरु राजनैतिक दलबाट निर्वाचित वडा अध्यक्षहरुलाई असमान बजेट विनियोजन गरेको, विनियोजित बजेटबाट पीडित वडा अध्यक्षहरुले संचालन गर्न खोजेको विकास निर्माण काममा पनि मेयरको ईसारामा अधिकृत भुसालले अवरोध सृजना गरेको आरोप छ । मेयर साहले आसेपासेलाई करारमा न्यूक्ति दिएर लठैत तयारी गरेको आरोप छ । विभिन्न नदीजन्य पदार्थ निकासी गरि चाईनिज कम्पनीलाई न्यून मुल्यमा बेचेको र त्यसबाट आफू पनि र मेयरलाई समेत कमिसन बाडेको आरोप छ । जनता समाजवादी पार्टीका वैद्यनाथ साहले भौतिक निर्माणमा आफ्ना घरपरिवारका कम्पनी र उपभोक्तालाई प्रयोग गरि व्यापक अनियमिता गरेको आरोप छ । एस समाजवादीका विनोद साहले अधिकृत भुसाल र मेयर साहको मिलोमतोमा लोकमार्गमा अवरोध खडा गरिएको छ । जो कानुन विपरित अवरोध राखेर जवर्जस्ती सवारीसाधनलाई बसपार्कमा छिराएर पैसा असुली गरिरहेको छ ।

पुरानो बसपार्क रहेपनि कमिशनको लागि थप बसपार्क बनाएर नगरपालिकाको तहसनहस पारिरहेको साहको आरोप छ । नेकपा माओवादीका विजय गुप्ताले यस्ता भ्रष्ट मेयर र अधिकृतविरुद्ध अब सडक तताउँनुपर्ने बताए । उता, नेपाली काँग्रेसका क्षेत्र १ का क्षेत्रीय सभापति अक्षमितलाल चौधरीले यस्ता भ्रष्ट मेयरलाई अब बीच सडकमा नँगानाचा गराउँनुपर्छ । सडकदेखि अख्तियारसम्म नँग्याउँनुपर्ने बताए । असोज ५ गते गरिएको चार दलीय पत्रकार सम्मेलनमा मेयर मुनी साहले सार्वजनिक जग्गा कब्जा गरी दलित गरिब तथा सुकुम्वासीलाई दुख दिइरहेको छ । योसँगै मेयर मुनी साहले भौतिक निर्माणबाट आएको कमिशनबाट ९ करोड ऋण चुक्ता गरेको छ । ठाउँ ठाउँमा जग्गा खरिद विक्री गरी जनप्रतिनिधि नभएर व्यापारी तथा ठेकेदारको काम गरिरहेको आरोप छ । पाँच बर्षभित्र मेयर साहका परिवारले गरेको कारोबारको बैंक स्टेटमेन्ट सार्वजनिक गर्न बैकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१